सोमबार, जेठ ७, २०८१

हैदरावाद १३ रनले पराजित

नेपालखोज २०७८ वैशाख ५ गते १०:१२

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत शनिबार राति भएको खेलमा मुम्बई इन्डियन्स विजयी भएको छ। चेन्नईमा भएको खेलमा मुम्बईले सनराइजर्स हैदरावादलाई १३ रनले पराजित गरेको हो ।

मुम्बईले प्रस्तुत गरेको १५१ रनको लक्ष्य पछ्याएको हैदरावादले १९ ओभर चार बलमा मात्रै १३७ रन बनाउन सक्यो । उसका लागि कप्तान डेविड वार्नरले ३४ बलमा ३६ रन तथा जोनी बेर्रिस्टोले २२ बलमा ४३ रन बनाए । यसअघि पहिले ब्याटिङ्ग गरेको मुम्बईले पाँच विकेटको क्षतिमा १५० रन बनाएको थियो। उसका लागि क्वीन्टन डी ककले ३९ बलमा ४०, कप्तान रोहित शर्माले २५ बलमा ३२ तथा किरोन पोलार्डले २२ बलमा नटआउट ३५ रन बनाए।

तीन खेलमा दुईमा जित हात पारेको मुम्बई चार अंकसहित शीर्ष स्थानमा पुगेको छ। दुवै खेल जितेर चार अंक जोडेको रोयल च्यालेन्जर्स बैंग्लोर दोस्रो स्थानमा छ।

प्रतिक्रिया