शुक्रबार, वैशाख १४, २०८१

राप्रपाको महाधिवेशन आजदेखि

नेपालखोज २०७८ मंसिर १५ गते ७:२०

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) को महाधिवेशन आजदेखि सुरु हुँदैछ । कमल थापा, पशुपति शम्शेर जबरा र डाक्टर प्रकाशचन्द्र लोहनी नेतृत्वका तीन राप्रपाको एकीकरण पछि हुन लागेको यो महाधिवेशनलाई राप्रपाले एकता महाधिवेशन भनेको छ । नयाँ नेतृत्वका लागि अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देन भिड्ने भएका छन् । 

यो महाधिवेशनबाट राप्रपाको नयाँ नेतृत्व चयन हुनेछ । १७ गतेसम्म चल्ने महाधिवेशनबाट झन्डै चार हजार प्रतिनिधिहरूले १४७ सदस्यीय कार्य समिति चयन गर्ने राप्रपाले जनाएको छ ।

प्रतिक्रिया