मंगलबार, वैशाख ४, २०८१

ज्ञानेन्द्र शाहीलाई कास्की प्रवेशमा निषेध !

नेपालखोज २०७६ भदौ ३० गते १३:५९

काठमाडौं, भाद्र ।  भ्रष्टाचारविरोधी अभियन्ता भनेर चिनिने ज्ञानेन्द्र शाहीलार्इ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भ्रातृ संगठनहरूले कास्की प्रवेशमा निषेध गरेको छ । आइतबार नेकपाको भ्रातृ संगठनहरू राष्ट्रिय युवा संघ नेपाल कास्की र वाइ. सि. एल. कास्कीले एक प्रेस विज्ञप्ति निकाल्दै शाहीलाई कास्की प्रवेशमा निषेध गरेको जनाएको छ ।

वाइसिएल नेपाल कास्की र तत्कालीन युवा संघ नेपाल कास्कीका अध्यक्षद्वय भोजराज पौडेल र डिल्लीराम सुवेदीले हस्ताक्षर गरेको विज्ञप्तिमा शाहीले सामाजिक सञ्जालको दुरुपयोग गरी समाजमा भ्रम सिर्जना गर्न खोजेको आरोप लगाइएको छ ।

शाहीले शनिबार नेपालगञ्बाट काठमाडौं आउनेक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईका कारण उडानमा  ढिलाई भएको भन्दै शाही लगायतका समुहले गाली र नारावाजी गरेका थिए, अाफ्नो कमजोरीले जनतामा पर्न गएकोमा समस्या प्रति भट्टराईले फेसबुक मार्फत माफी मागिसकेका छन् ।

प्रतिक्रिया