निर्जला एकादशीकाे महत्त्व, के छ कथा ?

हिन्दू धर्ममा एकादशीको व्रतकाे महत्त्वपूर्ण स्थान छ । प्रत्येक वर्ष चौबीस एकादशिहरू हुन्छन् । अधिकमास अथवा मलमास परेको वर्ष यो संख्या बढेर २६ हुन जान्छ । ज्येष्ठ मासको शुक्ल पक्षको एकादशीलाई निर्जला एकादशी भनिन्छ । यस दिनमा नेपाल र भारत लगायत विभिन्न मुलुकहरूमा बसोवास गर्ने हिन्दू धर्मावलम्बीहरूले व्रत राखेर पर्वको रूपमा मनाउने गर्दछन् । यस व्रतमा पानी समेत नपिउँनु भनिएकाे छ । यसैले यसलाई निर्जला एकादशी भनिन्छ ।
के छ कथा
वेदव्यासले पाण्डवहरूलाई चारै पुरुषार्थ( धर्म, अर्थ, काम र मोक्ष दिने एकादशी व्रतको संकल्प गराए तब महाबली भीमले निवेदन गरे हे पितामह ! तपाईँले त प्रति पक्ष एक दिनको उपवासको कुरा भन्नुभयो । म त एक दिन त के एक समय पनि भोजन विना रहन सक्दैन ( मेरो पेटमा ‘वृक’ नामको जो अग्नि छ, त्यसलाई शान्त राख्नको लागि मलाई कैयों मान्छेको बराबर अथवा कैयों पटक भोजन गर्नुपर्छ । के म आफ्नो यस भोकका कारण म एकादशी जस्तो पुण्यव्रतबाट बाँच्न सकुँला ?
पितामहले भीमको समस्याको समाधान गर्दै उनको मनोबल बढाउँदै भने कुन्तीनंदन, धर्मको यही त विशेषता छ कि यो सबैलाई धारण नै गर्दैन, सबैलाई योग्य साधन व्रत-नियमहरूको निकै सहज र लचिलो व्यवस्था पनि उपलब्ध गराउँछ । अतः तिमी ज्येष्ठ मासको शुक्ल पक्षको निर्जला नामको एक मात्र एकादशीको व्रत गर र तिमीलाई वर्षका समस्त एकादशिहरूको फल प्राप्त हुनेछ । निःसंदेह तिमी यस लोकमा सुख, यश र प्राप्तव्य प्राप्त गरी मोक्ष लाभ प्राप्त गर्नेछौं ।
यती आश्वासनमा त वृकोदर भीमसेन पनि यस एकादशीको विधिवत व्रत गर्नलाई सहमत भए । यसैले वर्ष भरका एकादशिहरूको पुण्य लाभ दिने यस श्रेष्ठ निर्जला एकादशीलाई पाण्डव एकादशी या भीमसेनी एकादशी पनि भनिन्छ । यस दिन जो स्वयं निर्जल रहेर ब्राह्मण या दुखी व्यक्तिलाई शुद्ध पानीले भरेको घडा साथ दान गर्दछ त्यसले यस लोकमा सम्पूर्ण सुख प्राप्त गरेर परलोकमा स्वर्गको आनन्द भोग्दछ ।
यस दिन के गर्ने ?
निर्जला एकादशीमा जल कलश, नुन, तिल, कपडा, फलफूल, अन्न आदि दान गर्नुपर्छ । निर्जला एकादशीमा जल दान गर्दा पुण्य लाभ हुन्छ र भगवान विष्णु प्रसन्न हुन्छन् । नुन दान गर्नेले खाना प्राप्त हुन्छ । तिल दानले दुस्ख र रोगबाट मुक्ति मिल्छ। कपडा दान गर्दा आयु बढ्छ । निर्जला एकादशीमा अन्नदान गर्नेहरुको घर धन र अन्नले भरिपुर्ण हुन्छ ।
-स्नान गरेपछि सबैभन्दा पहिले घरको मन्दिरमा दियो बाल्नुपर्छ ।
-भगवान् विष्णुलाई गंगा जलले अभिषेक गरेपछि फूल र तुलसीको पात चढाउनुपर्छ ।
-भगवान्लाई सात्विक वस्तुहरु चढाउनुपर्छ ।
-आरती गरि निर्जला एकादशी व्रत कथा पढ्नुपर्छ ।
– भगवान विष्णुसँगै लक्ष्मीको पनि पूजा गर्नुपर्छ ।
-निर्जलाको अर्थ खाना र पानी बिना व्रत बस्नु हो ।
– यस दिन व्रत बसेर खानेकुरा मात्र नभई पानीको सेवन गर्नुहुँदैन भन्ने मान्यता छ ।
– सन्ध्याउपासनाका लागि आचमनमा लिइएको जल लिनु पर्ने शास्त्रमा उल्लेख छ ।
– यो व्रतमा एकादशीको सूर्योदयदेखि द्वादशी तिथिको भोलिपल्ट सूर्योदयसम्म जल तथा अन्नग्रहण हुँदैन ।
– यो दिन पानीले भरिएको कलशलाई सेतो कपडाले छोपेर ब्राह्मणलाई चिनी र दक्षिणाका साथ दान गर्नुहोस् ।
तुलसीसँग सम्बन्धित लाभदायक उपाय ?
धन वृद्धिका लागि स् ज्योतिष शास्त्र अनुसार जुनसुकै शुक्रबार माता तुलसीको ध्यान गर्दै यसको पात टिप्नुहोस् । त्यस पछि त्यसलाई सफा गर्नुहोस् र पीठोको बक्सामा राख्नुहोस्। यसो गर्नाले खानेकुराको कमी नहुने जनविश्वास छ भने घरमा सधैं इश्वरको आशीर्वाद रहनेछ । भगवान् विष्णुलाई तुलसीको मञ्जरी चढाउनुहोस् स् तुलसीको मञ्जरी भगवान विष्णु बाहेक भगवान कृष्णलाई पनि प्रिय छ । त्यसैले तुलसी अंकुरित हुने बित्तिकै तोडेर विष्णु तथा श्रीकृष्ण अर्पण गर्नुहोस् । यसो गर्नाले दाम्पत्य जीवनमा सुख र समृद्धि कायम रहन्छ।
दियो बाल्नुहोस् स् आइतबार र एकादशीका दिन बाहेक हरेक दिन तुलसीको बिरुवामा पानी हाल्नु पर्छ । यसका साथै हरेक दिन बिहान बेलुका तुलसीको अगाडि घ्यूको दियो बाल्नुपर्छ । यसबाट माता लक्ष्मी खुसी छन् । ज्योतिषशास्त्रका अनुसार कुनै पनि बिहीबार भगवान विष्णुलाई तुलसीका केही पात चढाउनुपर्छ । त्यसपछि उक्त पात पहेँलो कपडामा बाँधेर तिजोरी, अलमारी वा पैसा राख्ने ठाउँमा राख्नुहोस् । यसो गर्नाले माता लक्ष्मीको कृपा सदैव कायम रहन्छ र धनको कमी कहिल्यै हुँदैन ।
प्रतिक्रिया