कक्षा ११ को परीक्षाफल प्रकाशित
नेपालखोज
२०७६ असोज ७ गते १२:१०
७ असोज, २०७६ काठमाडौं । कक्षा ११ को गत वैशाखमा भएको परिक्षाको परीक्षाफल सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले नियमित, आंशिक तथा पूरक परीक्षाको परीक्षाफल सार्वजनिक गरेको हो । मंगलबार बिहान बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गरेको बोर्डका सूचना अधिकारी नारायण पोखरेलले जानकारी दिए ।
गत वैशाखमा भएको परीक्षामा सबै विषय र फ्याकल्टीमा गरी ५ लाख ९ हजार परीक्षार्थी सहभागी भएका थिए । बोर्डका अनुसार, परीक्षाफल बोर्डको वेबसाइट, नेपाल टेकिलकमको वेबसाइट लगायत बाट हेर्न सकिने व्यवस्था मिलाइएको छ । त्यस्तै, परीक्षार्थीले एसएमस र आइभीआर सर्भिसबाट पनि नतिजा हेर्न सक्नेछन् । कक्षा ११ को परीक्षा गएको वैशाख २९ देखि जेठ ८ गतेसम्म सञ्चालन गरिएको थियो ।
सम्बन्धित
प्रतिक्रिया