शुक्रबार, चैत १६, २०८०

सरकारले सार्वजनिक गरेको स्वच्छ मासुको पोस्टरमा गाईको तस्विर छापियो, जनस्तरमा सर्वत्र विरोध

नेपालखोज २०७६ असोज ७ गते १५:४६

७ असोज २०७६, काठमाडौँ ।  पशु सेवा विभागले दशैंलाई लक्षित गर्दै सार्वजनिक गरेको पोस्टर विवादास्प बनिरहेको छ । ‘बधशालादेखि भान्सासम्म स्वस्थ र स्वच्छ मासु’ शीर्षक राखिएको उक्त पोस्टर विवादास्पद बनेको हो ।

उक्त पोस्टरमा नेपालको राष्ट्रिय जनावर र हिन्दू धर्मावलम्बीले लक्ष्मी मानेर पूजा गर्ने गाईको समेत तस्वीर समावेश छ । मासुजन्य पदार्थको रुपमा खसी, बंगुर, भेडा, माछासँगै गाईको तस्वीर राखिएपछि विवाद भएको हो ।

पोस्टरका अन्य तस्वीरहरुमा पनि विचार र्पुयाइएको छैन । स्वच्छ मासु भनिएको पोस्टरमा पाठाले दूध खाइरहेको बाख्राको तस्वीर पनि राखिएको छ ।  पोस्टरको सर्वत्र विरोध भएपछि  विभागले सुचना नै जारी गरी पोस्टरमा त्रुटी भएको भन्दै माफी मागेको छ ।

विभागले अहिले बजारमा पठाएको पोस्टर पनि संकलन गरिरहेको छ । तर, देश भर वितरण भैसकेका पोस्टर संकलन गर्नु करिब असम्भव    छ । यस पोस्टरले पार्ने प्रभावलाई पुन फिर्ता गर्न असम्भव छ ।

विभागको मंगलबार विहान बसेको बैठकले बधशाला र मासु पसलमा वितरण    गर्न बनाइएको ती पोष्टरबाट गाईको तस्वीर हटाउने निर्णय गरेको छ । तर, उल्लासको महान चाड दशैँलाई विभागको यस पोष्टरले केही खल्लो भने बनाएको छ ।

यता, सरकारको यस किसिमको पोस्टरप्रति आपत्ति जनाउँदै हिन्दु राज्य नेपाल पुनस्थापनाका अभियन्ताहरुले विरोध गरेको छन् भने जनस्तरमा यसको सर्वत्र विरोध भैरहेको छ । तर विभागका प्रवक्ता डा.चन्द्र ढकालले जनचेतनाको लागि पोस्टर डिजाइन गरिएको र ‘कुनै गलत नियत राखेर यो काम नगरिएको बताए ।

प्रतिक्रिया