बिहीबार, वैशाख १३, २०८१

सरकारले मिडियामाथि हस्तक्षेप गरिरहेको आरोप

नेपालखोज २०७६ असोज १२ गते २३:०३

१२ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री डा प्रकाश शरण महतले वर्तमान दुई तिहाईको सरकारले मिडियो विधेयकका नाममा स्वतन्त्र प्रेस माथि आक्रमणको प्रयास गरिरहेको आरोप लगाउनु भएको छ ।
नेपाल खोज डटकक अनलाईनले आयोजना गरेको कार्यक्रममा बोल्नु हुँदै नेता महतले दुई तिहाईको बलमा सरकारले प्रेस स्वतन्त्रतामाथि नियन्त्रण गर्न खोजिरहेकाले त्यसो नगर्न आग्रह समेत गर्नु भएको छ ।
वर्तमान सरकारले शुरुका दिनमा जनतालाई ठूला ठूला भ्रमका सपना बाँढेकै कारण अहिले जनतामा निशारा पैदा भएको समेत बताउनु भएको छ ।
‘हिजो शाही शासनकालमा तात्कालिन राज्य सत्ताले मिडियालाई तह लगाउन खोज्दा भोग्नु परेको परिणामलाई मध्यनजर गरेर वर्तमान सरकारले सञ्चार माध्यमहरुलाई तह लगाउने प्रयास नगरे हुन्छ’ डा महतले आक्रोश व्यक्त गर्नु भयो ।

प्रतिक्रिया