बुधबार, वैशाख १२, २०८१

लघुवित्त संघमा लम्साल निर्विरोध

नेपालखोज २०७६ असोज १३ गते १०:२८

१३ असोज, काठमाडौं । लघुवित्त कम्पनीहरुको छाता संस्थामा रुपमा रहेको नेपाल लघुवित्त बैंकर्स संघको अध्यक्षमा बसन्तराज लम्साल निर्विरोध निर्वाचित हुनु भएको छ । असोज १३ गते संघको १३ औं साधारणसभाले लम्सालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
संघको अध्यक्षका लागि प्रत्यासीका रुपमा रहेका लक्ष्मी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्माले उम्मेद्वारी फिर्ता लिएपछि लम्साल निर्विरोध निर्वाचित भएका हुनु भएको हो ।

संघको उपाध्यक्षमा भेषराज पन्थी, महासचिवमा रामबहादुर यादव, सचिवमा प्रमेश आचार्य र कोषाध्यक्षमा रामहरि दाहाल निर्वाचित निर्वाचित हुनु भएको हो ।
कार्यसमिति सदस्यहरुमा भने भोजराज बस्याय, देवेन्द् बहादुर बस्नेत, आश नारायण चौधरी, सरोज घिमिरे, पर्वत कार्की, इन्द्कुमार शाह निर्वाचित हुनु भएको छ ।

प्रतिक्रिया