बिहीबार, वैशाख १३, २०८१

झापामा प्रहरीको विशेष अपरेशन,विप्लव समुहको हतियार भण्डारमा छापा

नेपालखोज २०७६ असोज १३ गते १२:३०

१३ असोज २०७६, काठमाडौँ । प्रहरीले विप्लव नेतृत्वको प्रतिवन्दित नेकपाको झापा स्थित हतियार भण्डारमा छापा मारेको छ । प्रहरीले झापाको अर्जुनधारा १ मा भण्डारण गरेर राखिएको २५ किलो विष्फोटक पदार्थ बरामद गरेको झापा अनारमनीका डीएसपी मोहनकुमार थापाले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय, झापा र इलाका प्रहरी कार्यालय, अनारमनीले चलाएको अपरेशनका क्रममा जुटको बोरामा लुकाएर राखिएको ‘हाई एक्सप्लोसिभ’ २ सय ५ लोला बरामद गरिएको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार विप्लव समूहका झापा सेक्रेटरी मनिष भन्नर चिनिने प्रविण मिश्र, इञ्चार्ज सुमनसिंह पौडेल, जनसरकार प्रमुख एवं झापा जिल्ला सदस्य टिका पोखरेल लगायतले ती विष्फोटक पदार्थ भण्डारण गरेर राखेको खुलेको छ । डीएसपी थापाका अनुसार उनीहरुले विगत एक महिनादेखि चियाको बोटमा हाल्ने औषधि भनेर ती सामग्री राखेका थिए ।

प्रतिक्रिया