बिहीबार, चैत १५, २०८०

बार्षिकोत्सवको अवसरमा सनराईजद्वारा बालबालिकालाई सहयोग

नेपालखोज २०७६ असोज १३ गते २२:०१

१३ असोज, काठमाडौं । सनराइज बैंकले आफ्नो १२ औँ वार्षिकोत्सवको अवसरमा बाल मन्दिरका बालबालिकाहरुका लागि आज करिब रु एक लाख ५० हजार बराबरको सामग्री वितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले नक्सालमा आयोजना गरेको कार्यक्रममा बाल मन्दिरलाई खाद्यान्न, लत्ताकपडा, जुत्तालगायत सामग्री हस्तान्तरण गरेको हो ।

वैकका प्रमुख कार्यकारी अधिकृत गणेश शर्मा पौड्यालले बाल मन्दिरका महासचिव देशभक्त श्रेष्ठलाई सो सहयोग हस्तान्तरण गर्नु भएको हो । प्रमुख कार्यकारी अधिकृत पौडेलले बालबालिका भविष्यका कर्णधार भएकाले यस्ता असहाय बालबालिकालाई सबै तहबाट सहयोग गर्न सकेमा उनीहरुको लालनपालन, स्वास्थ्य, शिक्षाका साथै भविष्य सुनिश्चित हुने विश्वास व्यक्त गर्नुभयो ।

बैंकका सञ्चालक समितिका सदस्य आशा राणा, बच्छराज तातेड, दीपक नेपाल तथा शारदा शर्मा पुडासैनी लगायतले सरकारले लिएको विकास र समृद्धिको अभियानलाई पूरा गर्न बैंक दृढतापूर्वक अगाडि बढेको बताउँदै देशभर कृषि क्षेत्रलाई व्यावसायिक तथा प्रविधियुक्त बनाउन बैंकले १२ प्रतिशत लगानी गरिरहेको र आगामी दिनमा १५ प्रतिशत पु¥याउने लक्ष्य राखेको जानकारी दिनुभयो ।

बाल मन्दिरमा हाल ९२ बालबालिका आश्रित छन् । काठमाडौँ उपत्यका तथा बाहिर गरी बालमन्दिरअन्तर्गत १० आश्रयस्थल रहेको जनाइएको छ ।

प्रतिक्रिया