बिहीबार, वैशाख १३, २०८१

विप्लव समूहका तीन नेतामाथि मुद्दा

नेपालखोज २०७६ असोज १४ गते १०:४०

नवलपरासी । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तीन नेता माथि मुद्दा चलाइएको छ । शङ्कास्पद अवस्थामा हिँडिरहेका उनीहरुलाई प्रहरीले रोकेर चेक जाँच गर्ने क्रममा उनिहरूले प्रहरीमाथि नै दुरव्यबहार गरेपछि पक्राउ गरी अभ्रद व्यवहारअन्तर्गत मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा कपिलवस्तु शिवराज नगरपालिका–१ निवासी २२ वर्षीया शारदा भण्डारी, कैलाली लम्कीचुहा नगरपालिका–१ घर भएका २७ वर्षीय वीरेन्द्र विक र रुकुमपश्चिम सानोभेरी गाउँपालिका–९ घर भएका २३ वर्षीय नैनसिंह खड्का रहेका छन् । शारदा भण्डारी नवलपरासीका जिल्ला संयोजक हुन् । वीरेन्द्र विक रुपन्देहीका जिल्ला सदस्य हुन् । भने,नैनसिंह खड्का अखिल क्रान्तिकारी चितवनका पूर्वजिल्ला सदस्य हुन् । प्रकाउ परेका तीन जना विरुद्ध सोमबार मुद्दा दायर गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

शुक्रबार सुनवल–४ तुरिया पुलमा शङ्कास्पद अवस्थामा हिँडिरहेका उनीहरुलाई इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको टोलीले चेक जाँच गर्ने क्रममा प्रहरीलाई अपशब्द प्रयोग गरी कामकाजमै बाधा पुर्याएपछि तीनै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया