शुक्रबार, वैशाख ७, २०८१

यसरी हुँदैछ सभामुखको राजीनामा

नेपालखोज २०७६ असोज १४ गते १२:५४

१४ असोज २०७६, काठमाडौँ । संसद् सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कार गरेको आरोप लागेपछि सत्तारुढ दल नेकपाको उच्चस्तरीय सचिवालय बैठकले प्रतिनिधिसभा सदस्य र सभामुख पदबाट राजीनामा दिन निर्णय गरेको छ । यो सँगै सभामुखलाई राजिनामा दिनु पर्ने नैतिक दबाव बढेको छ ।

पार्टीले सिफारिस गरेको व्यक्ति भएका कारण उनले राजीनामा दिने निश्चित नै छ । सचिवालयको निर्णयपछि सम्भवतः उनले मंगलबार साँझसम्म मै राजीनामा दिनेछन्।

संविधान र प्रतिनिधिसभा नियवावली २०७५ु अनुसार सभामुख महराले उपसभामुखसमक्ष राजीनामा दिनुपर्ने हुन्छ। नियमावलीको नियम २११ अनुसार सभामुख महराले उपसभामुख शिवमाया तुम्बाहम्फेसमक्ष लिखित राजीनामा दिनुपर्ने हुन्छ।नियमावलीमा प्रावधान छ , ‘उपसभामुख वा कुनै सदस्यले आफ्नो पदबाट राजीनामा दिँदा सभामुखलाई सम्बोधन गरी दिनुपर्नेछ।’

सभामुखले दिएको राजीनामा प्रतिनिधिसभाको अध्यक्षता गर्ने व्यक्तिले बैठकमा पढेर सुनाउने प्रावधान छ। बैठक नचलेको अवस्थामा सचिवालयले सूचना जारी गरी जानकारी दिन सक्नेछ।

नियमावलीअनुसार उपसभामुखसमक्ष दिइएको लिखित राजीनामा स्वीकृत भइरहनु पर्दैन। यस्तो अवस्थामा राजीनामा स्वतः स्वीकृत भएको मानिन्छ।

प्रतिक्रिया