शुक्रबार, वैशाख १४, २०८१

महरा प्रकरण : रक्सीको बोतल र कपडा बरामद, के छ सिसि टिभिमा ?

नेपालखोज २०७६ असोज १४ गते १६:५१

१४ असोज २०७६, काठमाडौं । प्रहरीले मंगलबारदेखि ‘कृष्णबहादुर महरा माथि लागेको आरोप बारे अनुसन्धान सुरु गरेको छ । प्रहरीले मंगलबार दिउँसो काठमाडौंको तिनकुनेस्थित जबरजस्ती करणीको शिकार भएकी भनिएकी महिलाको कोठाबाट रक्सीको बोतल, कपडा र अन्य सामान बरामद गरेको छ ।

प्रहरीले बरामद गरेको रक्सी महराले नै आफ्नो कोठामा खानका लागि ल्याएको ती महिलाको कथन छ । यि सामानले यो प्रकरणलाई प्रष्ट पार्न  सहयोगी देखिएका छन् । प्रहरीले सिसि टिभि फुटेजहरुसमेत संकलन गरी अनुसन्धान थालेको छ।

संसद सचिवालयमै नर्सको रुपमा कार्यरत ती महिलाले महराले आफूलाई जबरजस्ती करणी गरेको दाबी गरेकी छन् । सो पछि महराले बाध्य भएर सभामुखको पदबाट राजीनामा दिएका छन् ।

प्रतिक्रिया