मंगलबार, कार्तिक ४, २०७७

तनहुँमा पूर्व मन्त्री मिनेन्द्र रिजाललाई यसरी भएको थियो अवरोध

नेपालखोज २०७६ असोज १४ गते १६:१५

१४ असोज, काठमाडौं । तनहुँ जिल्लाको ऋषिङ गाउँपालिकाको भवन शिलान्यास गर्न पुग्नु भएका पूर्व मन्त्री एवं नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजाललाई नेकपाका कार्यकर्ताहरुले अवरोध गरे ।
गाउँपालिका भवन निर्माणमा विवाद रहेको भन्दै उनीहरुले कुनै पनि हालतमा भवन शिलान्यास गर्न नदिने भन्दै रिजाललाई ठाउँ ठाउँमा रोके । दुई तिहाईको सरकारको दम्भ नेताहरुमा मात्र होइन उनका कार्यकर्ताहरुमा पनि कति छ भन्ने कुराको पुष्टि सो घटनाले देखायो नै ।

तर गाउँपालिका भवन शिलान्यास गर्न पुग्नु भएका नेता रिजालले नेकपाका कार्यकर्ताको अवरोधका बावजुत पनि भवनको शिलान्यास गर्नु भयो ।

तनहुँमा नेता रिजालमाथि के के भयो ? रिजालले सार्वजनि गर्नु भएको पूर्ण भनाई ।

सबैभन्दा पहिले सञ्चार जगतलाई र आमरुपमा लोकतन्त्रवादी नागरिकलाई हार्दिक आभार व्यक्त गर्न चाहान्छु कि तनहुँको घटनाको बारेमा एकमतले सबैले यो घटना गलत भयो, यसरी नागरिकको स्वतन्त्रता हनन् गर्न पाइँदैन भनेर जुन समर्थन देखाउनुभएको छ त्यसले मलाई झन् बढी ढाडस मिलेको छ । आउने दिनमा लोकतन्त्र र संविधानको रक्षाका लागि अझ बढी हिम्मतका साथ काम गर्ने हौसला प्राप्त भएको छ । यो हौसला तपाईंहरु सबैले दिनुभएको हो । त्यसका लागि म हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।

तनहुँमा घटना हुनुभन्दा अघिल्लो दिन मलाई रामचन्द्र (पौडेल० दाइले त्यो कार्यक्रम (रिसिङ गाउँपालिकाको भवन शिलान्यास कार्यक्रम० मा जानू भन्नुभयो । त्यहाँबाट रिसिङ गाउँपालिकाको प्रमुखले कार्यक्रममा आउनुस् र भवनको शिलान्यास गरिदिनुस् भन्नुभयो ।

रिसिङ गाउँपालिका भनेको यस्तो गाउँपालिका हो, जहाँ एउटा पनि अर्को पार्टीको मान्छेले चुनाव जितेको छैन । वडासम्म पनि नेपाली कांग्रेसका मान्छेले मात्र चुनाव जितेका छन् ।

त्यो रामचन्द्र दाइको निर्वाचन क्षेत्र होइन, शंकर भण्डारी चुनाव लड्नुभएको निर्वाचन क्षेत्र हो । पारिपट्टी महामन्त्रीजी (शशांक कोइराला० को नवलपरासीको सीमाना पर्छ । खोलाले छुट्याएको छ क्यारे, डाँडाहरु छन् ।

त्यसरी कांग्रेस नै कांग्रेस, एउटा पनि अर्कोले समर्थन पाउन नसक्ने त्यस्तो बलियो गाउँपालिका, नगरपालिका खोज्दाखेरि आज फेला पार्न सहज छैन । त्यस्तो गाउँपालिकामा कसैले आमन्त्रण गर्नु भनेको ठूलो कुरा थियो ।

कार्यक्रममा जाने अघिल्लो दिन मलाई एकाएक तनहुँ जिल्लाबाटै निर्वाचित प्रतिनिधिसभा सदस्य एकजनाले फोन गर्नुभयो( तपाईं कार्यक्रममा नजानुस्, त्यो कार्यक्रम हुन सक्दैन ।

उहाँले मलाई नजा भने पनि भोलिपल्ट बिहान म पोखरा पुगें । पोखराबाट तनहुँको दमौली पुगेपछि अलिकति कुरा आयो कि यहाँ बाटोमा रुख काटेर रुख ढालेर राख्या छन् । सबैतिरबाट हाम्रो कार्यक्रममा आउन चाहने मानिसहरुलाई बन्द गराइया छ । उही पुरानो माओवादी शैली । मिलिसकेको कम्युनिष्ट पार्टीले पुरानो माओवादी शैली समात्या छ । हिजोको एमालेको संगठनमा माओवादीको शैली थपिएर उहाँहरु प्रस्तुत हुनु भाथ्यो ।

उहाँहरुले जान नदिने परिस्थिति बनाउनु भा’छ, प्रशासन पूरै लाग्या छ भन्ने देखेपछि मेरो स्वाभाविक कर्तव्य हो( मैले गृहमन्त्रीलाई फोन गरें, गृहमन्त्रीले फोन उठाउनुभएन ।
गृहमन्त्रीको स्वकीय सचिवसँग सम्पर्क भयो । स्वकीय सचिवले सीडीओसँग समन्वय गरेर गर्नुहोला भन्नुभयो । मैले भनेँ( मैले कसैसँग समन्वय गर्दैन । मैले गृहमन्त्रीलाई जानकारी दिने हो, मैले जानकारी दिएँ, बाँकी कुरा मैले गर्ने होइन । राज्यमा कुनै पनि व्यक्तिको हिँडडुल गर्ने स्वतन्त्रता, अभिव्यक्तिको स्वतन्त्रताको रक्षा हुन्छ कि हुँदैन, टेष्ट गर्नुछ, मेरो मुख्य कुरा त्यही नै हो भनें ।

हामी भिमादमा खाना खान बसेका थियौं । सीडीओले जतासुकै हाम्रा मान्छेहरुलाई फोन गरेर कार्यक्रम सम्भव छैन, सात(आठ ठाउँमा रुख ढालेको छ, कुनै हालतमा पनि त्यहाँ पुग्न सक्नु हुन्न भने । अरु तीन(चार ठाउँबाट पनि आउन सक्ने बाटो छ रिसिङमा, तर बाटो(बाटोमा रुख ढालेको छ । कुनै हालतमा कार्यक्रम हुँदैन, नगरपालिका प्रमुखले शिलान्यास गरे पनि हुन्छ, त्यहाँ जानसक्ने सम्भावना छैन, मलाई यो परिस्थिति हुन्छ भन्ने पनि थाहा थिएन भने ।

मैले भनें( यो सरकार जबसम्म नागरिक स्वतन्त्रतालाई मिच्ने काममा लाग्छ, त्यसमा पनि प्रशिक्षण गर्ने हो, म अगाडि बढ्दै जाने हो ।

हामीहरु तीन ठाउँमा रुख पन्छाएर अगाडि बढ्यौं । चौथो ठाउँमा पुगिसकेपछि डेढ सय जति मानिसहरु थिए, एकाएक बियरको बोतलले, ढुंगाले आक्रमण सुरु गरे । मेरो गाडीभन्दा अगाडि मोटरसाइकलमा रहेका साथीहरु अलिकति पछाडि सर्नुभयो । मैले देखें कि यिनीहरुले अब असाध्यै ठूलो आक्रमण गर्छन् । मैले अगाडि बढेर साथीहरु सबैलाई जे कामका लागि अगाडि बढेको हो, त्यो गर्नुपर्छ भनेर गाडी रोकें ।

सीधै ढुंगाहरु आइराछ, बोटलहरु आइराछ, लाग्न त लागेन, सीधै उनीहरुको मुखैमा गएर उभिएँ । एउटा आउँछ, फाल्यो, उज्जाउँछ । तँ जान्छस् रु कसरी जान्छस् रु भन्छ । अर्को आउँछ, बियरको बोतल टाउकोमाथि उज्जाउँछ । मैले भनें( कसरी हान्छस्, हेर्छु म पनि भनेँ । आधा घण्टासम्म सीधै त्यस किसिमको मारामारीको स्थिति भयो । अर्को आधा घण्टा बहस भयो ।

जान दिन्नौं भन्नेहरुलाई मैले के भनेँ भने( हेर्नुस् तपाईं तल गाउँपालिका भवन भएको ठाउँमा जानुहुन्छ रु जहाँ कार्यक्रमस्थल छ त्यहाँ जानुहुन्छ रु हिँड्नस्, म पनि जान्छु, त्यहाँ जाऔं, सबैलाई चित्त बुझाएर शिलान्यास गर्छु । होइन, मलाई रोक्नुहुन्छ भने जसरी भए पनि म जान्छु भनें । अनि पहिलो एक घण्टा समाप्त भयो ।

त्यसपछि तस्वीरहरु सामाजिक सञ्जालमा, आम सञ्चारमा आए । जुन तस्वीर आएको छ, त्यो एक घण्टापछिको हो । आक्रमणको स्थितिबाट बहसको स्थितिमा पुगेपछिको हो । तस्वीर खिच्ने पनि कसैको हिम्मत नहुने अवस्था थियो । उहाँहरुले जान दिन्नौं भन्ने, हामीहरुले जान्छौं भन्ने ।

तपाईंहरु रिसिङको जनता हो भने रिसिङका जनता एक ठाउँमा जम्मा होऔं, म एउटा मान्छेलाई पनि चित्त नबुझ्दासम्म शिलान्यास गर्दिनँ, तर कार्यक्रम स्थलमा जानुपर्छ भनें मैले । तर जान दिन्नौं भन्नुभयो उहाँहरुले । अर्को एक घण्टा त्यसैगरी बित्यो ।

उहाँहरुको आक्रमणबाट ज्यान जोगाउनुपर्ने स्थितिमा पुलिस केही गर्‍या छैन । तीन(चारजना बाहेकलाई तल पुलिसले रोक्या छ । हामीभन्दा ६०(७० फिट तल हाम्रा साथीहरु रोक्किनु भाछ, पुलिस त्यहाँ रोक्या छ । र, यतापट्टि ढुंगामुढा, लाठो, हतियार बोक्ने मान्छेहरुलाई रोक्या छैन । म, ध्रुवबहादुर जी, जितप्रकाश आलेजी बाहेक चार(पाँच जनाबाहेक अरुलाई त्यहाँ आउन दिएको छैन । हामी भिडसँग बस्या छौं ।

यसरी खबर सबैतिर गयो । वरिष्ठ नेता रामचन्द्र पौडेलले सीडीओलाई बदमासी गर्छौ रु भनेपछि उनले भने( यो यति नियोजित थियो कि आज जसरी भए पनि मिनेन्द्र रिजाललाई फर्काइदिनुस् । दुई दिन पछाडि तपाईं नै आएर शिलान्यास गर्नुस्, म परिस्थिति त्यही किसिमको बनाउँछु । सर्वसम्मत बनाउँछु । कसैले विरोध गर्दैन । तपाईंलाई सम्मान गरेर तपाईंले शिलान्यास गर्नुस् ।

त्यसपछि रामचन्द्र दाइले भन्नुभएछ, होइन जनता आइसकेका छन्, गाउँपालिकाले बोलाएको छ, मिनेन्द्र नै जाने हो भन्नुभयो । मैले पनि रामचन्द्र दाइलाई भनें( रामचन्द्र दाइ म यहाँबाट पछाडि फर्किने होइन ।

किनभने, परीक्षण गरिराछु मैले । नेपालमा निर्वाध रुपमा हिँडडुल गर्न सक्ने स्वतन्त्रता छ कि छैन रु अर्को सरकार, तलको स्थानीय सरकार जहाँ सय प्रतिशत जनप्रतिनिधि एउटा पक्षमा छन्, उनीहरुले आफ्नो अधिकार प्रयोग गर्न सक्छन् कि सक्दैनन् रु गाउँपालिकाको सर्वसम्मत निर्णय कार्यान्वयन हुन्छ कि हुँदैन रु कि त्यसमा पनि माथिको, केन्द्र सरकारको जबरजस्तीको कारण रोकिने हो रु परीक्षण गर्न आवश्यक छ ।

पछि सबैतिरबाट साथीहरु आउनुभयो । उनीहरु डेढ(दुई सयका अगाडि आठ(नौ सय मानिसहरु आएपछि ढुंगा जम्मा गरेर हान्नुपर्छ केहो भनेर साथीहरुले प्रतिवाद गरेपछि डाँडा छाड्न बाध्य भए र तल आए । तल आइसकेपछि हामीतिर, जतासुकै बल्ल पुलिस थपियो । लाजगाजले पनि पुलिस थपिए ।

असाध्यै ठूलो संख्यामा हाम्रो पार्टीका साथीहरु, आम नागरिक, आम जनताहरु आएपछि, पुलिसले रोकेको पनि होइन, उनीहरु त्यसै छाडेर भागेर हिँडे । आम नागरिक उत्रिएपछि उनीहरुसँग अर्को कुनै उपाय थिएन ।

हामीहरु अगाडि गयौं । अर्को तीन(चार ठाउँमा रुख काटेर ढाल्या छ । माथि ढुंगाहरु राख्या छ, त्यो अवस्था हुँदा पनि हामी अन्तिम ठाउँमा पुग्यौं । शिलान्यास गर्‍यौं र फर्कियौं ।

यहाँ केन्द्रमा दुई तिहाइको धाक लगाउँछ ओली सरकार । केन्द्रमा दुई तिहाईलाई काम गर्न दिएन भन्छ । सत प्रतिशत जनप्रतिनिधि एकाठाउँमा बसेर गरेको काम पनि केन्द्रको सरकार प्रायोजितरुपले गर्न नदिने काममा लागेको छ । त्यो पनि संविधानकै अधिकार प्रयोग गर्ने सरकार हो ।

सय प्रतिशतको सरकारले काम गर्न नपाउने अनि दुई तिहाइको सरकारलाई काम गर्न दिएन भन्ने उनीहरुसँग नैतिक अधिकार पनि छैन ।

प्रतिक्रिया