बिहीबार, वैशाख १३, २०८१

सामूहिक बलात्कार आरोपमा तीन पक्राउ

नेपालखोज २०७६ असोज १५ गते १०:२७

इनरुवा । सामूहिक बलात्कारको आरोपमा तीन जनालाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ । सोही घटनामा संलग्न दुई जना भने फरार भएका छन् ।

पक्राउ पर्नेमा सुन्दरहरैचा–१२ का बसचालक विकास कसई, झापा सुरुङ्गा–४ का सुरज थापा र सिरहाका सुजेन्द्र भुजेल रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए । सोही घटनामा संलग्न भनिएका मोरङ बेलबारीका नितेश घिमिरे र ताके भन्ने सुमन फरार रहेको छन् ।

इटहरीमा सोमबार मध्यरातमा पाँच युवाको समूहले युवतीलाई सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । इटहरीको धरान–विराटनगर सडकखण्डको साथी पेट्रोलपम्प नजिक युवतीलाई बलात्कार गरेको प्रहरीको भनाइ छ ।

युवाहरुको समूहले सडक छेउमै एक युवतीलाई सामूहिक बलात्कार गरेको विषयमा स्थानीयवासीले प्रहरीलाई जानकारी गराएपछि उनीहरुलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया