शुक्रबार, चैत १६, २०८०

दुई अध्यक्ष रुष्ट हुँदा सभामुखको राजीनामा सहज

नेपालखोज २०७६ असोज १५ गते १०:४१

१५ असोज, काठमाडौं । यौन दूराचारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराले नैतिकताका आधारमा राजीनामा दिएको भनिएता पनि यौन दूराचार नै राजीनामाको कारण नभएको नेकपा निकटश्रोतले बताएको छ ।

महरा सभामुख भएदेखि नै उनी आफ्नै ढंगले अगाडि बढिरहेका थिए । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई सहज बनाउन सक्ने भएपनि उनले कहिल्यै त्यसो गरेनन् । जसका कारण प्रधानमन्त्री ओली महरासँग अत्यन्तै रुष्ट थिए ।

आफू जतिसुकै रुष्ट भएपनि ओलीले महरालाई पाँच वर्षसम्म हटाउन सक्ने अवस्था थिएन । अर्का पार्टी अध्यक्ष पुष्पकमल दाहाल पनि बाहिर जति खुशी भएपनि महराको कामबाट सन्तुष्टि थिएनन् ।

अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशनसँग भएको सम्झौता कार्यान्वयनमा लागि तीन महिना अघि नै संसदमा अनुमोदन गर्नु पर्ने भएपनि महराकै कारण अनुमोदन हुन सकेको थिए ।
त्यसकारण पनि ओली र प्रचण्ड दुवै महरालाई भित्तामा पु¥याउने र राजनीतिक अस्तित्व नै सिध्याउने अवसर खोजिरहेका थिए ।
अन्तत ः मौका यस्तो आयो की बढारेर फाल्न खोजेको कसिङ्गरलाई हावाले उडाई दिएको छ ।

यौन दूराचारको आरोप उपयुक्त मौका थियो महराको राजनीतिक भविष्य सिध्याउनका लागि । घटनाको छानविन हुन नपाउँदै नेकपाको वैठकले महरालाई सभामुखको र सांसदको पदबाट समेत राजीनामा दिन लगाउने निर्णय ग¥यो । यद्यपी महराले सभामुख पदबाट राजीनमा दिएका छन् भने सांसद पदबाट राजीनामा दिएका छैनन् ।

दुई तिहाईको सरकार रहेका बेला ओली र प्रचण्डले चाहेको भए महराले राजीनामा दिनबाट रोक्ने पनि सक्थे तर त्यसो भएन । पार्टीबाटै निर्णय गराएर महरालाई बर्हिगमन गराइएको छ ।

प्रतिक्रिया