बिहीबार, वैशाख १३, २०८१

सन् २०२१ को लागि डीभी खुल्यो

नेपालखोज २०७६ असोज १५ गते १३:१६

१५ असोज, काठमाडौं । सन् २०२१ को लागि अमेरिकी डाइभर्सिटी भिसा (डीभी)का लागि आवेदन (अाज) बुधबार मध्याह्न १२ बजेदेखि खुलेको छ ।

एक व्यक्तिले एकपटक मात्र आवेदन दिन पाउनेछ । एक व्यक्तिले एक पटक भन्दा बढी आवेदन दिए त्यो व्यक्ति स्वत: डीभीको लागि अयोग्य हुनेछ ।

आवेदन फारम भर्न कुनै शुल्क लाग्दैन । फारम भर्दा पासपोर्ट नम्बर, पासपोर्टको म्याद र इमेल ठेगाना अनिवार्य गरिएको छ । डीभीको अनलाइन फारम आफैंले भर्न सकिने र फारम भरिसकेपछि प्राप्त हुने कनफर्मेसन नम्बर सुरक्षित राख्नु पर्ने छ । नतिजा सार्वजनिक भएपछि त्यही कन्फर्मेसन नम्बरको आधारमा आफूलाई डीभी परे/नपरेको थाहा हुन्छ ।

यस वर्ष ५५ हजारले डीभी चिठ्ठामार्फत् अमेरिकाको भिसा पाउनेछन् । तर डीभी पर्दैमा अमेरिकाको भिसा पाउने निश्चित हुँदैन । त्यसपछि पनि बिभिन्न सर्त र प्रक्रियाहरु पूरा गर्नु पर्ने हुन्छ ।

बुधबार मध्याह्न १२ बजेदेखि खुलेको अनलाइन आवेदन ५ नोभेम्बर २०१९ मध्याह्न १२ बजे बन्द हुने छ ।

प्रतिक्रिया