मंगलबार, वैशाख ११, २०८१

चीनका राष्ट्रपति नेपाल आउँदै गर्दा मुख्य सचिव घरविदामा

नेपालखोज २०७६ असोज १६ गते १२:१५

१६, असोज, काठमाडौं । आगामी साता चीनका राष्ट्रपति सि जिङ्ग पिङ्ग नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । चीनका राष्ट्रपति नेपाल भ्रमणमा आउने भएकै कारण यतिखेर काठमाडौंका सडक निर्माणले तीव्रता पाएको मात्र होइन । शहर सिंगार्नका लागि प्रधानमन्त्री केपी शर्मा ओली आफै विभिन्न वैठकमा सक्रिय रहनु भएको छ ।

सरकारका बस्नेहरु र कर्मचारीहरु समेतलाई आउँदै गरेका महान चाड बडा दशै र पाहुनाको स्वागतका लागि चटारो देखिन्छ । तर निजामती सेवाका सवैभन्दा उच्च पदका व्यक्ति नै यतिखेर घर विदामा थपक्कै बसको छन् ।

छिमेकी मित्र राष्ट्र चीनका राष्ट्रपतिको नेपाल भ्रमणको तयारीका लागि प्रधानमन्त्री स्वयम् सक्रिय रहेको अवस्थामा प्रधानमन्त्री कार्यालय र मन्त्रिपरिषद्को जिम्मेवारी समेत जिम्मेवारी लिएका मुख्यसचिव एक हप्तादेखि नेपालमै नरहेको खबर छ ।

विशिष्ट पाउनको भब्य स्वागतका साथै राष्ट्रहितका विशेष प्रस्तावहरु तयार गर्ने निजामती क्षेत्र, सुरक्षा निकायको समन्वय र अनुगमन गर्नुपर्ने मुख्य जिम्मेवारी लिएका सरकारका मुख्यसचिव लोकदर्शन रेग्मी घर विदा लिएर विदेश भ्रमणमा निस्किएको चर्चा छ ।

मुख्य सचिवले प्रधानमन्त्रीसँग स्वीकृत लिएर नै घर विदामा बसको प्रधानमन्त्री कार्यालय श्रोतले बताएको छ । घरविदा लिएपनि मुख्य सचिव विदेश भ्रमण रहेको चर्चा बढेपछि सो विषयमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सूचना अधिकारी गोकुल खड्कासँग नेपाल खोजले बुझ्ने प्रयास गर्दा  मुख्य सचिव घर विदामा बस्नु भएको तर विदेश भ्रमण गएको विषयमा आफूलाई कुनै पनि जानकारी नभएका धारणा व्यक्र गरेका छन् ।

यस्तो महत्वपूर्ण घडीमा प्रधानमन्त्री केपी ओली र सरकारलाई सघाउन छाडेर मुख्यसचिव रेग्मी लामो विदा बस्नु र प्रधानमन्त्रीले पनि विदा स्वीकृत गर्नुले कतै सरकार र मुख्यसचिवको बीचको सम्बन्ध टाढिएको त होइन भन्ने प्रश्न पनि निजामती कर्मचारीबीच चर्चा सुनिन थालेको छ ।

चिनिया राष्ट्रपति सी जिनपिङ्गको नेपाल भ्रमणका लागि गर्नुपर्ने विशेष तयारीकै समयमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली पनि लामो समयसम्म विदेशमा रहनु, मुख्यसचिव पनि देशै छाडेर विदेश घुमघाममा मस्त रहनु जिम्मेवारी र उत्तरदायित्वप्रति संवेदनशील नभएको रुपमा कर्मचारीहरुले लिने गरेका छन् ।

मित्र राष्ट्र चीनका राष्ट्रपति सी जिनपिङ्गको नेपाल भ्रमण सफल पार्नका लागि अहिले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओली स्वयम् विशेष सक्रिय रहेको अवस्थामा परराष्ट्र मन्त्री र मुख्यसचिव रेग्मीको उपस्थिति नहुनु यसले के संकेत गर्ला ?

प्रतिक्रिया