बिहीबार, चैत १५, २०८०

घुससहित ओभरसियर प्रकाउ

नेपालखोज २०७६ असोज १६ गते ११:१४

काठमाडाैं । अख्तियार दुरूपयोग अनुसन्धान अायोगले ५ लाख घुससहित ओभरसियरलाई प्रकाउ गरेको छ । लायन्स एन्ड कन्सल्टेन्सी टोखाका ओभरसियर प्रशान्त चाैधरीलाई अख्तियारको टोलीले ५ लाख घुस सहित प्रकाउ गरेको अख्तियार प्रवत्ता एवं सहसचिव प्रदिपकुमार कोइरालाले जानकारी दिए ।

भवन निर्माण सम्पन्न प्रमाणपत्र लिन टोखा नगरपालिकाका कर्मचारीसमेतलाई मिलाउनमा लागि भनी सेवाग्राहीसँग घुस मागेको सूचनाका अाधरमा चाैधरीलाई पक्राउ गरेको अख्तियारले जनाएको छ । उनलाई रकमसहित कार्यालय परिसरबाट प्रकाउ गरिएको र घटनाबारे अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । यो समाचार अन्नपूर्ण पोष्टमा छापिएको छ ।

प्रतिक्रिया