बिहीबार, वैशाख १३, २०८१

जर्मन एकता दिवसमा काठमाडौमा मनाईयो

नेपालखोज २०७६ असोज १७ गते ८:३२

१७, असोज, काठमाडौँ । जर्मनको एकता दिवसका अवसरमा नेपाल स्थित जर्मनी दुतावासले विशेष कार्यक्रम सम्पन्न गरेको छ । जर्मनीको एकता दिवसका अवसरमा बिहिरबा साँझ नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत रोलान्ड सेफेरले आयोजना गरेको कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली प्रमुख अतिथिका रुपमा सहभागी थिए ।

जर्मनको एकता दिवस समारोहमा मन्त्रिपरिषद्का अन्य सदस्य, संवैधानिक अङ्गका प्रमुख नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका वरिष्ठ अधिकारी, कामको सिलसिलामा काठमाडौँमा रहेका जर्मनीका नागरिक, उद्योगपति, व्यापारीलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया