बिहीबार, वैशाख १३, २०८१

एकै दिन साढे २ लाख यात्रु काठमाडाैंबाट बाहिरिँदै

नेपालखोज २०७६ असोज १७ गते १०:१७

काठमाडौं । दशैंको अवसरमा उपत्यका छाडेर घर जानेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । बसपार्क र उपत्यकाबाट बाहिरिने नाकामा घर फर्कनेको भीड बढेको छ । एकै दिन साढे २ लाखभन्दा बढी यात्रु बाहिरिएका छन् । अहिलेसम्म १५ लाखभन्दा बढी यात्रु दशैं मनाउन उपत्यकाबाट बाहिरिएका छन ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवत्ता रविकुमार पौडेलले बुधबार मात्र २ लाख २१ हजार ३ सय ६९ यात्रु बाहिरिएको जानकारी दिए । बिहीबार र बुधबारको तुलनामा बिहीबार उपत्यकाबाट बाहिरिने यात्रु अझै वृद्धी भएको उनको भनाइ छ ।

दशैंमा सरकारले २५ लाख मानिस बाहिरिने अनुमान गरेको छ तर यो वर्ष उपत्यकामा आएर दशैं मनाउनेको संख्या वृद्धि भइरहेको देखिएको छ । सामान्यतया: दैनिक ६० हजार मानिस उपत्यका भित्रने र ६० हजार बाहिरेने गरेकोमा अहिले काठमाडौं उपत्यका भित्रने यात्रु पनि बढिरहेको ट्राफिक प्रहरीले बताएको छ । यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया