बिहीबार, वैशाख ६, २०८१

दुई ट्रक एक-आपसमा ठोक्किँदा दाउन्नेमा रातिदेखि जाम

नेपालखोज २०७६ असोज १७ गते ११:४६

शुक्रबार १७ असोज,  नवलपरासी । नवलपरासीकोको सुस्तापुर्व क्षेत्रको दाउन्नेमा दुई भारतीय नम्बरप्लेटका ट्रकहरु एक-आपसमा ठोक्किँदा बाटो जाम भैरहेको छ । यूपी ५३ सी टी ९३२६ र यूपी ५३ जेजे १२३९ नम्बरको भारतीय ट्रक एकापसमा ठोक्किँदा दाउन्ने क्षेत्रमा पुरै जाम परेको छ ।

दशैँमा घर फर्कन लागेका लामो तथा छोटो दुरीका यात्रुहरु बिहानैदेखि जाममा फसेका छन् । विनय त्रिबेणि गाउँपालिकाको २ नम्बर वडामा पर्ने विश्वकर्मा मन्दिरनजिक गत राति ९ बजे ट्रक ठोक्किँदा जाम परेको हो । पहाडी बाटो भएकोले पनि जामले यात्रुहरूलाई थप मर्का परेको हो ।

जाम राति नै हटाउन खोजिए पनि सफल नभएको र अहिले थप क्रेन ल्याएर हटाउने तयारी भैरहेको छ । तथापि बाटो जामको कारण क्रेन ल्याउन समेत मुस्किल छ । प्रहरी जाम हटाउने प्रयास गरिरहेको ईलाका प्रहरी कार्यालय दुम्किबासले जनाएको छ ।

प्रतिक्रिया