बिहीबार, वैशाख १३, २०८१

दशैको विदामा खुल्लामञ्चमा ढलान, अभियन्ताले रोके काम (फोटो सहित)

नेपालखोज २०७६ असोज १९ गते १४:२७

१९ असोज, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. २८ स्थित खुल्लामञ्च लामो समयदेखि बसपार्कका रुपमा निर्माण प्रयोग भईरहेको छ । पुरानो वसपार्कमा काठमाडौं भ्यू टावर बनाउने भन्दै तात्कालिन महानगरका प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङको पालामा जलेश्वर स्वच्छन्द बिकोइलाई टावर बनाउने जिम्मा दिइएको थियो ।

पुरानो वसपार्कमा टावर बनाउन दिएसँगै वसपार्कलाई खुल्लामञ्चबाट सञ्चालन गर्ने सहमति भएको थियो । तर खुल्लामञ्चबाट बसपार्क मात्र सञ्चालन भएन । खुल्ला मञ्चनै विक्री गर्नेसम्मको योजना बन्यो ।
केही महिना अगाडि मात्र खुल्ला मञ्चमा जलेश्वर स्वच्छन्द बिकोइले सटर निर्माण गरी रकम असुलेपछि खुल्ला मञ्च संरक्षणको माग गर्दै अभियन्ताहरुले सटर भत्काउन सफल भएका थिए ।

अहिले फेरि दशैको विदाको मौका छोपेर पुरानो वसपार्क भित्र ढलान गर्न थालेपछि अभियन्ताहरुले खुल्ला मञ्चमा ढलान गर्नबाट रोकेका छन् । प्रतिनिधिसभाका सांसद भिमसेनदास प्रधान, काठमाडौं महानगपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी समेतको सहभागितामा सार्वजनिक जग्गा संरक्षणमा लागिरहेका अभियन्ताहरुको अगुवाईमा खुल्ला मञ्चमा गरिँदै गरिएको ढलान रोकेर, निर्माण हुँदै गरेका ढलानमाथि सवारी चलाएका छन् ।
यसरी भत्काइयो खुल्लामञ्चको ढलान । ( फोटो फिचर)

 

 

 

 

 

प्रतिक्रिया