शुक्रबार, चैत १६, २०८०

दुर्गाको शक्ति अवतार सिद्धिधात्रीको पूजा गरि महानवमी मनाइँदै

नेपालखोज २०७६ असोज २० गते ६:१५

२० असोज, काठमाडौं । या देवी सर्वभूतेषु माँ सिद्धिदात्री रूपेण संस्थिता ।  नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमस् ।। अर्थात्ःसिद्धिदात्री देवीका रुपमा सवत्र विराजमान अम्बे, म तपाइलाई कोटी कोटी प्रणाम गर्दछु, मलाई शक्ति दिनुहोस् ।

बडा दशैंको आज नवौ दिन अर्थात महानवमी । दुर्गा माताको नवौं शक्ति स्वरुपा माता सिद्धिधात्रीको विशेष पूजा अनुष्ठान गरिने दिन हो र उनको साथै आज धनधान्यकी देवी माता महालक्ष्मी देवीको पनि पूजा अर्चना गरिन्छ ।

विशेष गरी नवदुर्गाको अर्को अवतार सिद्धिद्धात्रि देवीको र माता महालक्ष्मीको पूजा-आजा गरिन्छ भने कालरात्रीमा गुप्त पूजा गरी राखिएका हतियारहरु ज्यावलहरु अर्थात् आयुध र हिजोआज घरघरमा हुने औजार मेशिनहरु तथा सवारीसाधनहरु आदिलाई बलि दिई रगत छित्काई विश्वकर्माको पनि पूजा विहानै सम्पन्न गरिन्छ ।

आजको दिन शक्तिस्वरुप सिद्धिधात्रीको पूजा गर्नाले सम्पूर्ण संसारनै जित्नसक्ने सिद्धता हासिल हुने र संसारमा केही कुरापनि अगम्य नहुने मान्यता छ ।

धार्मिक कथनअनुरुप दुईवर्षदेखि दश वर्षसम्मका नवकन्याहरुको पनि पूजाआजा गरिन्छ। वैदिक ज्ञान अनुसार बलिको अर्थ त्याग गर्नु भन्ने हो । तसर्थ, महानवमीको शुभ दिन पारेर सबै मानिसहरुले आफ्नो मनमा भएका कूविचार, विकारहरु जस्तै काम।वासना, रीस, ,क्रोध, लोभ, मोह, ईर्ष्या, द्वेष, छल,कपट, इत्यादिलाई त्यागेको मानेमा प्रतिकको रुपमा बलि चढाइन्छ र नवदुर्गा भवानीबाट सद्बुद्धि,सुख,शान्ति समृद्धिको कामना गरिन्छ।

प्रतिक्रिया