मंगलबार, वैशाख ११, २०८१

यसरी गर्छन् सशस्त्र प्रहरीले निशान तथा मौलो पूजा

नेपालखोज २०७६ असोज २० गते १२:४१

२० असोज २०७६, काठमाडौँ । दशौँको अवसरमा सशस्त्र प्रहरी बल नेपालले हल्चोकमा निशान तथा मौलो पूजा गरेको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले विशेष कार्यक्रमका बीच पुजाअर्चना गरेको निशान तथा मौलो पुजा कार्यक्रममा सशस्त्र प्रहरी अधिकृत तथा जवानहरुबाट पुजाअर्चना तथा मौलो परिक्रमा गरिएको थियो ।

बिहान ७ बजेर ११ मिनेटको पुजाको संकल्प साइतमा गरिएको निशान तथा मौलो पुजा कार्यक्रममा खनालले सशस्त्र प्रहरी बल, नेपालको निशानमा पञ्जाछाप लगाए । सशस्त्र प्रहरी व्याण्डको मंगलधुनबीच सुरु भएको पुजा कार्यक्रममा सशस्त्र प्रहरीको एक टोलीले निशान भगवती सलामी अर्पण गरेको थियो ।

सशस्त्र प्रहरीले बडादशैंको अवसरमा महानवमीको दिन हरेक वर्ष निशान तथा कोतपुजा गर्दै आएको छ । त्यसअवसरमा खनालले मौलोपुजा व्यवस्थापनमा उत्कृष्ट कार्यगर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई पगरी तथा नगद पुरस्कार प्रदान गरेका थिए ।

प्रतिक्रिया