पूर्व-पश्चिम राजमार्गमा बस दुर्घटना १५ जना घाइते, ४ जनाको अवस्था गंभिर
नेपालखोज
२०७६ असोज २२ गते १०:१०
धनुषा । पूर्व-पश्चिम राजमार्गअन्तर्गत धनुषाको विरेन्द्रबजार र धारापानीकोबीचमा बस दुर्घटना हुदाँ १५ जना घाइते भएका छन् । जनकपुरबाट राजविराजका जादैँ गरेको बस दुर्घटनामा परेको हो ।
धनुषाका प्रहरी उपरीक्षक शेखर खनालको अनुसार मंगलबार जनकपुरबाट राजविराजको लागि छुटेकाे ना ४ ख ७८९९ नम्बरको बस पल्टिँदा ११ जनाको अवस्था सामान्य रहेको छ भने ४ जनाको अवस्था गंभिर रहेको छ।
घाइते भएका सबै जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया