शुक्रबार, वैशाख १४, २०८१

बलात्कारको आरोप लागेका महराको साँसद पद निलम्वन

नेपालखोज २०७६ असोज २३ गते १८:४५

२३ असोज, काठमाडौं । संसद सचिवालयमा कार्यरत महिलालाई बलात्कार प्रयासको आरोप लागेका निवर्तमान समामुख कृष्णबहादुर महराको सांसद पद निलम्वन परेको छ ।
प्रतिनिधि सभा नियमावलीमा कुनै बहालवाला सांसदलाई फौजदारी अभियोग लागेमा सांसद पदबाट निलम्वन गर्ने व्यवस्था उल्लेख गरिएकाले सोही व्यवस्था अनुरुप सभामुखबाट असोज १४ गते राजीनामा दिएका कृष्णबहादुर महराको सांसद पद निलम्वनमा परेको सूचना संसद सचिवालयले प्रकाशन गरेको छ ।

संसद सचिवालयका महासचिव मनोहर भट्टराईको हस्ताक्षर सहितको सूचनाले कृष्णबहादुर महराको सांसद पद समेत निलम्वनमा परेको पुष्टि भएको छ । सांसद पद निलम्वन भएपछि अव उनले पाउँदै आईरहेको सेवा सुविधा पूर्ण रुपमा कटौती भएको छ ।

प्रतिक्रिया