शुक्रबार, वैशाख १४, २०८१

यसरी विताउँने छन् चिनियाँ राष्ट्रपतिले नेपालमा १९ घण्टा

नेपालखोज २०७६ असोज २४ गते १४:३६

२४ असोज २०७६, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपाल भ्रमणमा आउन लागेका चीनका राष्ट्रपति सी जिनपिङले नेपालमा १९ घण्टा विताउँने छन् । २३ वर्षपछि चिनियाँ राष्ट्र प्रमुखबाट हुन लागेको यो ऐतिहासिक भ्रमणमा सीले कहाँ गएर के गर्लान् ? यो तपाईलाई पनि कौतुहलता हुन सक्छ ।

हेर्नुहोस यस्तो छ राष्ट्रपति सी को भ्रमण तालिका

— चिनियाँ राष्ट्रपति सी शनिबार बेलुकी ४ः३० बजेदेखि ५ः३० बजेको बीचमा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल ओर्लने छन् ।

— विमानस्थलबाट राष्ट्रपति सी सिधै आफ्ना नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग भेटकालागि पुग्ने छन् । शीतल निवासमा करिब ६ः३० बजे भेटवार्ता हुनेछ । सो अवसरमा दुई देशबीचको सम्बन्धको विस्तारका विषयमा विचार विमर्श हुनेछ ।

सोल्टी होटलमा राष्ट्रपति सी
— शनिबार करिब ७ः३० बजे राष्ट्रपति सी सोल्टी होटलमा हुने छन् । आफ्नो सम्मानमा आफ्नी समकक्षीले सोल्टी होटलमा आयोजना गर्ने रात्रिभोजमा राष्ट्रपति सी सहभागी हुनेछन् ।
आईतबारको भ्रमण तालिका
— आइतबार बिहान नेपाल–चीनबीच औपचारिक वार्ता हुनेछ । यस वर्तामा पर्यटन, प्रविधि, कृषि र बीआरआईका विविध पक्षमा छलफल हुने र बिहानको १०ः३० बजे द्विपक्षीय सम्झौतामा हस्ताक्षर हुने प्रारम्भिक कार्यक्रम तय भएको छ ।

यही बीचमा चिनियाँ राष्ट्रपतिसँग सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का शीर्ष नेतासहित राजनीतिक दलका नेताले भेटवार्ता गर्नेछन् ।
— राष्ट्रपति सी नेपाली समयअनुसार १२ः३० बजे नेपालको दुई दिने नेपाल भ्रमण सकेर स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया