शनिबार, वैशाख १५, २०८१

काङ्ग्रेस नेत्री वनको निधनप्रति दुःख व्यक्त

नेपालखोज २०७६ असोज २४ गते १५:३५

२४ असोज, काठमाडौं । नेपाली काङ्ग्रेसले पार्टीकी नेत्री सरिता वनको निधनमा दुःख व्यक्त गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी असोज २० गते ललितपुरको सातदोबाटोमा ट्रकको ठक्करबाट निधन भएकी वनप्रति दुःख व्यक्त गरेको हो ।

पार्टीकी क्रियाशील सदस्य वन विसं २०३६ मा पद्मकन्या क्याम्पसबाट स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सदस्य निर्वाचित भएकी थिईन्।
पञ्चायतकालमा काङ्ग्रेसको सिद्धान्त, आदर्शबाट प्रेरित भई आन्दोलनको अग्रमोर्चामा सदैव क्रियाशील रहने वनले नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टीको सङ्गठनमा सक्रिय योगदान पु¥याएकी थिइन्।

वनकोे निधनबाट पार्टीले एक कुशल महिला नेत्री गुमाएको काङ्ग्रेसले जनाएको छ । काङ्ग्रेसले वनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ ।

प्रतिक्रिया