शुक्रबार, वैशाख ७, २०८१

यस्ताे छ सि चीन फिङकाे आजकाे तालिका

नेपालखोज २०७६ असोज २५ गते ८:५८

२५ असाेज, काठमाण्डाै । दुई दिने औपचारिक भ्रमणमा चीनका राष्ट्रपती सि चीन पिङ आज साँझ ५ बजे त्रिभुवन बिमानस्थल ओर्लने छन् ।

उनलाई राष्ट्रपति बिद्यादेवी भण्डारीले स्वागत गर्नेछिन् । स्वागत पछि नेपाली सेनाकाे टुकडीले विमनस्थल मै राजकीय सलामी अर्पण गर्नेछ । त्यही प्रधानमन्त्री मन्त्रीहरूले भेट गर्नेछन् ।

साे भेटघाट पश्चात् सी साेल्टी हाेटल प्रस्थान गर्नेछन् । केहीबेर आराम गरे पश्चात् उनी राष्ट्रपति निवास जानेछन् । समकक्षी बिद्या भण्डारीसँगकाे छलफल पछि उनी साेल्टी हाेटलकाे रात्रीभाेजमा सरिक हुनेछन् ।

सुरक्षा स्राेतका अनुसार बिमानस्थलदेखि साेल्टी हाेटलसम्मकाे सवारी रूटकाेे सुरक्षा व्यवस्था कडा गरिएकाे छ । नेपालका चारवटै सुरक्षा निकाय र चिनियाँ जनमुक्ति सेनाकाे विशेषटाेलीले सयुक्त रूपमा सुरक्षा व्यवस्थापन  गर्नेछ ।

 

प्रतिक्रिया