शुक्रबार, वैशाख १४, २०८१

सीता एयरको विमान आकस्मिक अवतरण

नेपालखोज २०७६ असोज २५ गते १०:१५

२५ असोज, रामेछाप । शनिवार विहान सोलुखुम्बुको लुक्लाका लागि रामेछापको मन्थलीबाट उडेको सीता एयरको टुइनअटर विमानको पंखामा चरा ठोक्किएको छ ।
उडिसकेको अवस्थामा चरा ठोक्किएपछि विमान पुनः मन्थली एयरपोर्टमै आवस्मिक अवतरण भएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी सन्तोष भट्टराईका अनुसार विमानमा चरा ठोक्किएपछि आकस्मिक अवतरण गरिएको हो ।

सीता एयरको ‘९ एन–आई–इ’ विमान उडिसकेपछि चरा ठोक्किएर पंखामा पसेको थियो । विमानमा १३ यात्रु र चालक दलका तीनजना सदस्य थिए । चालक दलका होसियारीका कारण जाहाजमा सवार सबै सदस्य सकुसल छन् ।

विमान आकस्मिक अवतरण गरेसँगै ठूलो दुर्घटना टरेको छ । विमानले जमिन छाडिसकेको अवस्थामा फरक आवाज आएको सुनिएको मन्थलीका स्थानियहरु बताउँछन ।

प्रतिक्रिया