राष्ट्रपतिदेखि मन्त्रीहरुसम्मले विमानस्थल मै सीसँग भेट्ने
२५ असोज, काठमाडौँ । छिमेकी राष्ट्र चीनका राष्ट्रपति सी चीनफिङ ५ः३० भित्रको समयमा नेपाल आईपुग्नेछन् । भारतको चेन्नाईबाट सी नेपालका लागि प्रस्थान गरिसकेको छन् ।
भ्रमण तालिका अनुसार ४ः३० देखि ५ः३० बजेभित्र सी त्रिभुवन विमानस्थल उत्रने कार्यक्रम रहेको छ ।
नेपालको राजकीय भ्रमणमा आउन लागेका चीनका राष्ट्रपति सीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विमानस्थलमा नै पुगेर औपचारिक स्वागत गर्नेछिन् । भने प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सदस्यहरूले पनि चिनियाँ राष्ट्रपतिसँग विमानस्थलमै भेट्ने छन् ।
राष्ट्रपति सी उत्रेलगत्तै राष्ट्रपति भण्डारीले स्वागत गर्ने र त्यसपछि सीको सम्मानमा नेपाली सेनाबाट सम्मानगारत (गार्ड अफ अनर) अर्पण गर्ने कार्यक्रम छ । गार्ड अफ अनरमा दुवै मुलुकका राष्ट्रपति हुन्छन् ।
त्यसपछि राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीसहितको परिचय गराउनेछिन् ।
राष्ट्रपति सीको भ्रमणलाई पनि विशेष स्वागत र सम्मानको सन्देश दिन विमानस्थलमै गार्ड अफ अनरको कार्यक्रम राखेर त्यहीं कार्यकारी प्रधानमन्त्रीसहितको उपस्थिति हुन लागेको हो । सन् १९७८ मा तत्कालीन चिनियाँ उपप्रधानमन्त्री देङ सियाओपिङको नेपाल भ्रमणका बेला तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले स्वागत गरेका थिए ।
प्रतिक्रिया