शुक्रबार, वैशाख १४, २०८१

आज पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साढे २ घण्टा उडान-अवतरण बन्द रहने

नेपालखोज २०७६ असोज २६ गते ९:५०

२६ असोज, काठमाडाैँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज पनि साढे २ घण्टा बन्द हुने छ । चिनियाँ राष्ट्रपति सी जिनपिङ साढे १२ बजे स्वदेश फर्किने भएपछि विमानस्थल बन्द गर्न लागिएको हो । बिहान ११ बजेर २० मिनेटदेखि १ बजेर ५० मिनेटसम्म विमानस्थलबाट कुनै पनि उडान र अवतरण नहुने विमानस्थल कार्यालयले जनाएको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण लक्षित गरी सुरक्षा व्यवस्थालाई ध्यान दिएर हिजो र आज चक्रपथभित्र ठूला गाडी चलाउन रोक लगाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । नेपाली सेनाको नेतृत्वमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानका कर्मचारी खटिएका छन् । सीको सुरक्षाका लागि चिनीयाँ सुरक्षाकर्मीको टोली पनि काठमाडौंमा छ ।

प्रतिक्रिया