बिहीबार, वैशाख ६, २०८१

दुई दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किए चिनियाँ राष्ट्रपति सी

नेपालखोज २०७६ असोज २६ गते १४:२१

२६ असोज २०७६, काठमाडौँ । नेपालको दुई दिने राजकीय भ्रमण सकेर चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फर्किएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा सी शनिबार नेपाल आएका थिए । चिनियाँ राष्ट्रपति सी नेपाल रहँदा नेपाल र चिन विच १७ बुँदे सम्झौता हुनुका साथै द्वीपक्षीय हितकाबारे उच्च स्तरिय वार्ता पनि भए ।

नेपालमा रहँदा राष्ट्रपति सीले राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीना, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत नेकपा सचिवालय सदस्यहरूसँग भेटेका थिए ।

भ्रमण पश्चात सी को विदाईकालागि राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर विदाइ गरे । उनलाई विमानस्थलमा गार्ड अफ अनर पनि दिइएको    छ ।

प्रतिक्रिया