बुधबार, वैशाख १२, २०८१

चिनियाँ राष्ट्रपतिको भ्रमणमा नेपाल टेलिभिजनको एकाधिकार

नेपालखोज २०७६ असोज २६ गते १७:०१

२६ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चिनियाँ राष्ट्रपति सी चीनफिङ नेपालको दुई दिने भ्रमण पुरा गरी स्वदेश फर्केका छन् ।

भ्रमणका सिलसिलामा श्रव्यदृश्य छायाँकन र प्रशारणका लागि नेपाल टेलिभिजनको एकाधिकार भएको भन्दै निजी टेलिभिजनहरुले सरकारी टेलिभिजनलाई मात्र छायाँकन र प्रशारणका लागि पहुँच दिएर समाचार संकलनमा विभेद गरेको सरकारलाई आरोप लगाएका छन् ।

यद्यपी अधिकांश टेलिभिजनहरुले नेपाल टेलिभिजनबाट नै दृश्य सौजन्य गरेर प्रत्यक्ष प्रशारण आफ्नो टेलिभिजन मार्फत प्रशारण गरेका थिए ।
२३ वर्षपछि भएको चिनियाँ राष्ट्रपतिको यो भ्रमणबाट नेपाल–चीन सम्बन्ध नयाँ उचाईमा पुगेको जानकारहरुको बुझाई छ । त्यसकारण पनि नेपाली सञ्चार माध्यमहरुले सी को भ्रमणलाई निकै उच्च महत्वकासाथ प्रकाशन प्रकारण गरेका थिए ।

हुन त यो राजकीय भ्रमणको श्रव्यदृश्य छायाँकन गरी प्रशारण समेट्ने काममा नेपाल टेलिभिजनको एकाधिकार नै देखियो । नेपाल टेलिभिजनले राष्ट्रपति सी नेपाल आउँदा विमान अवतरण र विमानबाट ओर्लिदैँ गरेको विमानस्थलको सबै दृश्यहरु सिलसिलेवार रुपमा प्रत्यक्ष प्रसारण गरेको थियो ।

यस्तै राष्ट्रपति भवन शितल निवास पुग्दाको दृश्यकासाथै होटल सोल्टीमा भएको रात्रीभोजमा दुवै राष्ट्रपतिले गर्नुभएको सम्बोधनलाई पनि सरकारी सञ्चार माध्यम भएकै कारण विशेष प्राथमिकताका साथ प्रत्यक्ष प्रसारण गरेको थियो ।

नेपाल टेलिभिजनले सीको भ्रमणको दोश्रो दिन पनि प्रधानमन्त्री के. पी. शर्मा ओलीसँग भएको दुई पक्षीय वार्ता र संझौता आदानप्रदानका दृश्य पनि प्रत्यक्ष प्रसारण गरेको थियो भने प्रस्थान हुँदा विमानस्थलसम्मकै दृश्य प्रत्यक्ष प्रसारण गरेको थियो ।

राष्ट्रपति सीको भ्रमणलाई व्यापक प्रचार प्रसार गर्नका लागि पनि नेपाल टेलिभिजनले भ्रमणको पुर्वसन्ध्यादेखि नै चीन–नेपाल सम्बन्धका बारेमा वृत्तचित्र, समाचार, विश्लेषात्मक अन्र्तवार्ता, समसामयिक कार्यक्रमहरु भ्रमणभरि नै प्रसारण ग¥यो । प्रत्यक्ष प्रसारणका क्लिन र लोगोसहितका सिग्नल अन्य नेपाली र विदेशी टेलिभिजन च्यानलहरुले पनि प्रयोग गरेका थिए ।

प्रतिक्रिया