बिहीबार, वैशाख १३, २०८१

समाजवादी पार्टीको केन्द्रीय पदाधिकारी बैठक आज

नेपालखोज २०७६ असोज २७ गते ११:५५

२७ असोज २०७६, काठमाडौँ । समाजवादी पार्टीको केन्द्रीय पदाधिकारीको बैठक आज बस्दैछ । दिउँसो १ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने बैठकमा पार्टीको समायोजनबारे समीक्षा हुने बताइएको छ ।

यसस‌ंगै बैठकमा समायोजनको कामलाई पूर्णता दिनेबारे छलफल हुनेछ भने संगठन विस्तार तथा सुदृढीकरण अभियानबारे पनि बैठकमा छलफल हुनेछ ।

बैठकमा राजपा लगायतका पार्टी तथा संगठनहरुसँग एकता तथा ध्रुवीकरणका बारेमा पनि छलफल हुने बताइएको छ । साथै समसामयिक राजनीतिका बारेमा पनि बैठकमा छलफल हुनेछ ।

प्रतिक्रिया