शनिबार, वैशाख १५, २०८१

हत्याको आरोप लागेका आलम सांसद पदबाट निलम्वित

नेपालखोज २०७६ असोज २७ गते १३:२०

२७ असोज २०७६, काठमाडौँ । हत्या आरोपमा पक्राउ परेका मोहम्मद अफताब आलम सांसद पदबाट निलम्बनमा परेका छन् । संसद सचिवालयले सोमबार सूचना जारी गरी आलम निलम्बनमा परेको जानकारी दिएको हो ।

रौतहट क्षेत्र नं २ बाट निर्वाचित सांसद तथा पूर्वमन्त्री आलमलाई प्रहरीले आइतबार बिहान इद्रिस गेट अगाडिबाट नियन्त्रणमा लिएको थियो ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका उनीमाथि २०६४ चैत्र २७ गते राजपुरमा भएको बम विस्फोटको घटनामा घाइते भएकाहरुलाई जिउँदै जलाएर हत्या गरेको आरोप छ ।

प्रतिक्रिया