शुक्रबार, वैशाख ७, २०८१

बम काण्ड आरोपमा पक्राउ निलम्वित सांसद् आलमको म्याद थप

नेपालखोज २०७६ असोज २८ गते १२:०४

२८ असोज २०७६, काठमाडौँ । रौतहट अदालतले राजपुर बमकाण्डका आरोपी रौतहट क्षेत्र नं २ का निलम्वित सांसद् तथा पूर्व मन्त्री मोहम्मद आफ्ताब आलमको म्याद सात दिन थप गरेको छ । अनुसन्धानका लागि प्रहरीले थप समय मागेपछि जिल्ला अदालत, रौतहटले कात्तिक ३ गते सम्म अनुसन्धान गर्नका लागी प्रहरीलाई म्याद प्रदान गरेको हो ।

१२ वर्षअघि ०६४ चैत २७ गते राजपुरमा बम विस्फोट गराएको अभियोगमा आसोज २६ गते प्रहरीले उनलाई इद्रिस गेटनजिकैबाट प्रहरीले पक्राउ गरेको थियो । निकै कडा सुरक्षा व्यवस्थाबीच अदालत ल्याइएका आलमले न्यायाधीशसामु सो घटनाको मुद्दा २०६५ मै नचल्ने निर्णय भएको र अहिले आफूलाई सोही मुद्दाका कारण पक्राउ गरिएकोमा आश्र्चय लागेको बताएका थिए ।

अदालत परिसरबाट बाहिरिँदै गर्दा उनले घटनाको दूधको दूध र पानीको पानी चाँडै छुट्टिने प्रतिक्रिया दिएका छन् । आफूले अदालतको सम्मान गर्ने र मुद्दाका विषयमा पछि थप कुरा गर्नेउनेले बताए । म्याद थप पछि आलमलाई पुनः जिल्ला प्रहरी कार्यालय, रौतहट पुर्‍याइएको छ ।

प्रतिक्रिया