बिहीबार, वैशाख १३, २०८१

एनआरएनको अन्तर्राष्ट्रिय महाधिवेशन आजदेखि, यस्तो हुँदैछ सम्मेलनमा

नेपालखोज २०७६ असोज २८ गते १२:२१

२८ असोज २०७६, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं अन्तर्राष्ट्रिय महाधिवेशन आज मंगलबारबाट काठमाडौंमा सुरु हुँदैछ । ‘म, मेरो एनआरएनए र मेरो नेपाल’ भन्ने मुल नारासहित होटल ह्यातमा हुने सम्मेलन ३० असोजसम्म चल्ने छ ।

सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले र समापन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा ८१ मुलुकका गैरआवासीय नेपाली प्रतिनिधिहरु, स्वेदशी, विदेशी गरी २ हजार ५ सयको सहभागिता रहनेछ ।

हरेक २ वर्षमा महाधिवेशन गर्नुपर्ने प्रावधानअनुसार, एनआरएनएले नवौं महाधिवेशन गर्न लागेको हो । दुईवर्षे कार्यकालको लागि अध्यक्षमा वर्तमान उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्यले चुनावी प्रतिस्पर्धा गर्दैछन् । एनआरएनएमा अध्यक्षसहित कुल १२ पद छन् ।

यी पदहरूमा ४२ जना निर्वाचित गर्नुपर्ने प्रावधान रहेको छ । एनआरएनएको सम्मेलनका लागि सोमवारसम्म विश्वका विभिन्न ठाउँमा रहेका करिव २५ सय प्रतिनिधिहरु काठमाडौं ओर्लिएका छन् ।

सन् २००३ देखि विदेशमा छरिएर रहेका गैरआवासीय नेपालीहरुको हक हितको लागि एकताबद्ध गर्ने क्रममा संघले ८० भन्दा बढी मुलुकमा आफ्नो राष्ट्रिय समन्वय परिषदहरु गठन गरिसकेको छ।

प्रतिक्रिया