मंगलबार, वैशाख ४, २०८१

राष्ट्रिय क्रिकेट टिमको कप्तानी छोडेको पारस खड्काको घोषणा

नेपालखोज २०७६ असोज २८ गते १२:१५

२८असोज २०७६, काठमाडौँ । क्रिकेटर पारस खड्काले राष्ट्रिय टिमको कप्तानी छोडेको घोषणा गरेका छन् । झण्डै एक दशकदेखि राष्ट्रिय टिमको नेतृत्व सम्हालेका खड्काले कप्तान पद छाड्ने निर्णय लिएका हुन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले नेपालको निलम्बन फुकुवा गरेको भोलिपल्टै खड्काले विज्ञप्ति जारी गर्दै कप्तानी छाडेको बताएका हुन् ।

उनको कप्तानीमा नेपालले टीट्वान्टी विश्वकप खेल्यो भने एक दिवसीय मान्यता पनि पायो । अब नेपाल टेष्ट नेशन बन्ने लक्ष्यका साथ अगाडि बढिरहेको बेला पारसले कप्तानी हस्तान्तरणको निर्णय लिएका हुन् ।

प्रतिक्रिया