शुक्रबार, वैशाख १४, २०८१

एसिड आक्रमणमा घाइते मुस्कानलाई भेट्न राजेश हमाल अस्पतालमा

नेपालखोज २०७६ असोज २८ गते १४:४४

काठमाडाैं । एसिड आक्रमणले घाइते भएकी मुस्कान खातुनलाई सहानुभुति दिन महानायक राजेश हमाल अस्पतालनै पुगेका छन् । महानायक हमाल कीर्तिपुर अस्पतालमै पुगेर मुस्कानसँग भेट गरेका हुन् ।

आफूलाई भेट्न आएका राजेशलाई देखेर मुस्कान पनि खुशी देखिएकी थिइन् । भेटमा राजेशले मुस्कानलाई भविष्यमा के बन्न मन छ भन्ने प्रश्न गरेका थिए । उत्तरमा मुस्कानले डाक्टर बन्न मन लागेको बताएकी थिइन् । राजेशले शुभकामनासहित भने–‘ म यहीँ उमेरमा कलाकार बन्छु भनेर हिडेको थिएँ । आज कलाकार भएँ । तिमी पनि भविष्यमा राम्रो डाक्टर बन्नु पर्छ ।’

प्रतिक्रिया