शुक्रबार, वैशाख १४, २०८१

जापानमा आएको आँधीका कारण मृत्यु हुनेको संख्या ६६ पुग्यो

नेपालखोज २०७६ असोज २८ गते १४:५४

२८ असोज ,टोकियो । जापानमा हागिबिस आँधीका कारण मृत्यु हुनेको संख्या ६६ पुगेको छ। दशकौंपछि आएको हागिबिस आँधी जापानको होन्सु द्वीपमा शनिबार साँझ ७ बजे प्रवेश गरेको थियो।

उक्त आँधीका कारण मंगलबारसम्म मृत्यु हुनेको संख्या ६६ पुगेको हो भने अझै १५ जना बेपत्ता रहेको रोयटर्सले जनाएको छ। मध्य र पूर्वी जापानमा २०० भन्दा बढी घाईते समेत भएका थिए।

जापानको फुकुशिमा सबै भन्दा बढीको मृत्यु भएको रोयटर्सले उल्लेख गरेको छ। त्यस क्षेत्रमा मात्रै २५ जनाको मृत्यु भएको हो।
जापानमा आँधीपछि बाढी र भारी वर्षात समेत भएको थियो।

उक्त आँधी हालैका वर्षहरुका तुलनामा निकै शक्तिशाली आँधी हो। यो आँधी प्रतिघण्टा दुई सय १६ किलोमिटरभन्दा बढीको वेगमा थियो।
उद्दारकर्मीहरुले निरन्तर रुपमा वेपत्ताको खोजी कार्य जारी राखेका छन्।

उनीहरुले एक–एक घर गई उद्दार कार्य गरिरहेका छन्। कम्तीमा पनि एक लाख ३३ हजार घरहरु खानेपानीविहीन र २२ हजार घरहरु विजुलीविहीन भएका छन्।-एजेन्सी

प्रतिक्रिया