शुक्रबार, चैत १६, २०८०

नेकपाको चियापान कार्यक्रममा एक लाखलाई निम्तो

नेपालखोज २०७६ असोज २९ गते १०:४६

बुधबार २९ असोज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले दशैं, तिहार, छठ र नेपाल सम्वतको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम बुधबार मध्याह्न काठमाडौंको भृकुटीमण्डपमा गर्न लागेको छ ।

नेकपा महासचिव विष्णु पौडेलका अनुसार १२ बजेदेखि ३ बजेसम्म पार्टीका नेता, कार्यकर्ता तथा आम जनसमुदायलाई निम्तो गरिएको छ ।

यस्तै ३ बजेदेखि ५ बजेसम्म विभिन्न राजनीतिक दलका नेता, मन्त्री तथा सांसद, संवैधानिक अंगका पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, सरकारका उच्चपदस्थ पदाधिकारी, सेवानिवृत्त पदाधिकारीलगायतलाई निम्तो गरिएको छ ।

यस वर्षको चियापान कार्यक्रममा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले एक लाख जनालाई निम्तो बाँडेको नेकपाका नेताहरुले बताएका छन् ।

प्रतिक्रिया