शुक्रबार, वैशाख ७, २०८१

शिक्षकले फलामे पाइपले निर्घात कुटेर विद्यार्थीलाई घाइते बनाए

नेपालखोज २०७६ असोज २९ गते ११:४२

सप्तरी । सप्तरीको जिल्ला सदरमुकाम राजविराजस्थित एक बोर्डिङ स्कुलका शिक्षकको निर्घात कुटपिटबाट सोही विद्यालयमा कक्षा ६ मा अध्ययनरत १३ वर्षीय बालक सुमितकुमार भगत घाइते भएका छन् । सो विद्यालयका शिक्षक चन्दन झाले सुमितलाई फलामे पाइपले निर्घात कुटपिट गरी घाइते बनाएका हुन् ।

सोमबार साँझ छोरा समितलाई विद्यालयका शिक्षक झाले गम्भीर घाइते हुनेगरी फलामे पाइपले कुटपिट गरेको बुवा सदानन्द भगनले बताए । कुटपिटका कारण उनको खुट्टा, हाट, पिठ्युँ र ढाडमा निलडाम भएको छ ।

कुटपिटपछि घाइते बालकको स्थानीय गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार गराई मंगलबार घर ल्याइएको छ ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया