शुक्रबार, वैशाख १४, २०८१

ओली सरकारको सामाजिक सुरक्षा योजना फेल खाँदै, अब कस्तो हुन्छ नयाँ युग ?

नेपालखोज २०७६ असोज २९ गते १२:५३

२९ असोज, काठमाडौँ । प्रधानमन्त्री केपीशर्मा ओली नेतृत्वको सरकारले निकै तामझामका साथ सुरु गरेको सामाजिक सुरक्षा योजनाको कार्यक्रमले फेल खाएको छ ।

सरकारले योजनामा सहभागि हुन पटक पटक अन्तिम समय सिमा तोकेपनि यस पटक समेत योजनामा सुचिकृत हुनेको कम्पनीको संख्या ५ हजार ६ सय १६ मात्र छ । जब की सरकारले पछिल्लो पटक सरकारले तोकेको अन्तिम समय सिमा सकिन अब २ दिनमात्र बाँकी छ । कम्तिमा पनि ५० हजार ठुला कम्पनीहरु यस योजनामा आवद्ध हुने अनुमान सरकारको थियो ।

सामाजिक सुरक्षा कोषकी प्रवक्ता रमा भट्टराईका अनुसार हालसम्म यस योजनामा ८४ हजार ७ सय ७३ श्रमिक मात्र सहभागी भएका छन् । सरकारले सामाजिक सुरक्षा योजनामा सहभागी हुन दोस्रो मौका दिदाँ पनि सहभागि नहुने कम्पनीलाई अब भने सरकारले कारबाहिको तयारी गरेको छ ।

श्रम ऐन कार्यान्वयन गर्दै नागरिकलाई श्रम पश्चातको जिवन सहजताकालागि सरकारले थालेको यो योजनामा समेत रोजगारदाताले ठगी गर्न खोजेकाले कारबाहिको प्रकृया अघि बढाउने सरकारको तयारी छ ।

यो योजनामा आबद्ध हुनका लागि श्रमिकहरूको योगदानबाट मासिक रूपमा केही रकम कोषमा जम्मा गर्नुपर्छ । श्रमिकको आधारभूत पारिश्रमिकबाट मासिक ११ प्रतिशत कट्टा गरी त्यसमा रोजगारदाताले २० प्रतिशत थप गरी मासिक ३१ प्रतिशत रकम कोषमा जम्मा गर्नुपर्छ । रोजगारदाताले २० प्रतिशत थप गर्नुपर्ने भएकाले रोजगारदाताहरु यस कार्यक्रममा सहभागि हुनबाट पन्छिन खोजिरहेको देखिन्छ ।

प्रतिक्रिया