बिहीबार, वैशाख १३, २०८१

विश्वव्यापी आर्थिक वृद्धिदरमा थप कमी आउँदै, कसरी टल्छ वित्तीय सङ्कट ?

नेपालखोज २०७६ असोज २९ गते १३:४४

२९ असोज, काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले वित्तीय सङ्कटका कारण विश्वव्यापी आर्थिक वृद्धिदरमा थप कमी आउने प्रक्षेपण गरेको छ ।

निरन्तरको व्यापार विवादले गर्दा व्यवसायिक विश्वास र लगानीमा कटौति आउँदा विश्वव्यापी वित्तीय सङ्कटको अवस्था देखिएकाले सन् २०१९ मा विश्वको आर्थिक वृद्धिदर तीन प्रतिशत रहने कोषले जनाएको छ ।

मुद्रा कोषले सन् २०२० का लागि विश्वको आर्थिक वृद्धिदर ३.४ प्रतिशत कायम रहने अनुमान गरेको थियो । तर, कोषको ‘वर्ड इकोनोमिक आउटलुक’को पछिल्लो प्रतिवेदनमा यो दर तीन प्रतिशत रहने बताइएको छ । प्रतिवेदनले विश्वको अर्थतन्त्रमा क्रमशः एकरूपमा कमी आएको र सुधारको अनिश्चितता रहेको चेतावनी दिएको छ।

कोषले सन् २०१९ मा अमेरिकाको आर्थिक वृद्धिदर २.४ रहने बताएको छ। यो प्रक्षेपण जुलाईमा गरिएको अनुमानको दुई दशांशले कमी भएको जनाएको छ । व्यापार तनावले आर्थिक वृद्धिदरमा आएको न्यूनताका कारण अमेरिकी कुल ग्राहस्थ उत्पादन २.१ प्रतिशतमा विस्तार हने पनि कोषले बताएको छ।

अमेरिकाका लागि व्यापारसम्वद्ध अनिश्चितताले गर्दा लगानीमा नकारात्मक प्रभाव छोडेको तर रोजगारी र उपभोग भने मजबुत रहने अर्थशास्त्रीहरुको भनाई छ ।

प्रतिक्रिया