शुक्रबार, वैशाख १४, २०८१

सानिमा बैंकको साधारण सभा आज, चौध वाणिज्य बैंकको लाभांश घोषणा

नेपालखोज २०७६ असोज २९ गते १३:५८

२९ असोज, काठमाडौँ । गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेका बैंकहरुमध्येको एक सानिमा बैंकले आज साधारण सभा सम्पन्न गर्दैछ । यसैगरि, बैंक अफ काठमाण्डूले भोली साधारण सभा आह्वान गरेको छ। यस्तै सिद्धार्थ बैंकले कात्तिक ७ गते र सनराइज बैंकले कात्तिक १५ गते साधारण सभा आह्वान गरेको छ । साधारण सभाबाट बैंकलहरुले प्रस्तावित लाभांशका साथै अन्य विभिन्न एजेण्डाहरु उपर छलफल गरि पारित गर्ने एजेण्डा छन्।

चार बैंकको एजिएम सम्पन्न

गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेका बैंकहरुमध्ये चार वाणिज्य बैंकहरु एनआईसी एशिया, सिटिजन्स, कुमारी र माछापुच्छ्रे बैंकले साधारण सभा सम्पन्न गरिसकेका छन्।

एनआईसी एशिया र सिटिजन्सले असोज १० गते, कुमारी बैंकले असोज ११ गते र माछापुच्छ्रे बैंकले असोज २४ गते साधारण सभा सम्पन्न गरेका हुन्। एनआईसी एशिया बैंकले त साधारण सभाबाट पारित नगद लाभांश वितरण समेत गरिसकेको छ।

चौध वाणिज्य बैंकको लाभांश

चौध वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश प्रस्ताव गरेका छन्। असोज २८ गते सम्म १४ ले वितरण गर्ने लाभांश घोषणा गरेका छन् । यसैगरि, १३ बैंकको लाभांश घोषणा हुन बाँकी छ। कूल २८ वाणिज्य बैंक रहेकोमा राष्ट्रिय वाणिज्य बैंक नेप्सेमा सूचीकृत छैन ।

गत आवको मुनाफाबाट बैंकहरुले कूल १० प्रतिशतदेखि २५.५० प्रतिशतसम्म लाभांश घोषणा गरेका छन्। हालसम्म घोषणा भएको लाभांशमा ग्लोबल आईएमई बैंकले सबैभन्दा धेरै घोषणा गरेको छ । यस्तै कुमारी बैंकको सबैभन्दा कम रहेको छ।

प्रतिक्रिया