शुक्रबार, वैशाख १४, २०८१

लोकसेवाले अहिले सम्मकै ठूलो संख्यामा सहसचिव र उपसचिव पदका कर्मचारी माग्यो, विस्तृत जान्नुहोस

नेपालखोज २०७६ असोज २९ गते १०:१०

२९ असोज, काठमाडौँ । लोक सेवा आयोगले सहसचिव र उपसचिव पदमा ६ सय ८८ जनाका लागि दरखास्त आह्वान गरेको छ । सहसचिव र उपसचिव पदमा एकैपटक यति धेरै संख्यामा विज्ञापन खुलाइएको यो इतिहासमै पहिलो पटक हो ।

आयोगले निजामती सेवा र स्वास्थ्य सेवातर्फ (एघारौं र नवौं तह) को पदका लागि कुल ६ सय ८८ जनाको माग गरेको हो । आयोगले निजामतीतर्फ १ सय ८१ जना सहसचिव र ३ सय ९३ जना उपसचिव तथा स्वास्थ्य सेवातर्फ ३५ जना सहसचिव र ७९ जना उपसचिवको लागि विज्ञापन खुलाएको छ ।

लोक सेवाले अप्राविधिकतर्फ प्रशासन सेवामा सबैभन्दा धेरै ३७ जना सहसचिव माग गरेको छ । प्राविधिकतर्फ इन्जिनियरिङ, सिभिल, हाइवेतर्फ ३ जना र विल्डिङ एण्ड आर्किटेक्टतर्फ २ जना सहसचिवको लागि दरखास्त आह्वान गरेको छ ।

यसैगरी हाइड्रोपावर, टेलिकम्युनिकेसन, केमेष्ट्री, मत्स्य, बाली संरक्षण, एगृ इन्जिनियरिङ, वन र शिक्षा प्रशासनतर्फ एक—एक जना सहसचिवको विज्ञापन खुल्ला गरेको छ । यस्तै उपसचिव पदमा प्रशासनतर्फ ७० र राजश्वतर्फ ५ जना कर्मचारी माग गरिएको छ । यसैगरी इन्जिनियरिङ सर्भेमा ४ तथा स्यानिटरी, कृषि भेटेरिनरी र सूचना प्रविधि निर्देशक पदमा ३÷३ जना माग गरिएको छ ।

प्राविधिकतर्फ जनरल मेकानिकलका लागि २ तथा तथ्यांक, सिभिल हाइड्रोपावर, कृषि मत्स्य र फरेष्ट रिसर्च पदमा एक÷एक जनाका लागि दरखास्त आह्वान गरिएको छ ।

उपसचिव पदमा प्रशासनतर्फ ७० र राजश्वतर्फ ५ जनाको विज्ञापन खुलाइएको छ । यसैगरी इन्जिनियरिङ सर्भेमा ४ तथा स्यानिटरी, कृषि भेटेरिनरी र सूचना प्रविधि निर्देशक पदमा ३–३ जना माग गरिएको छ ।

इच्छुक आवेदकले आवश्यक कागजात खुलाई मंसिर ३ गते मंगलबारसम्म आवेदन दिनुपर्ने छ । आवेदनसम्बन्धी थप जानकारी लोकसेवा आयोगको वेबसाइटबाट प्राप्त गर्न सकिनेछ ।

प्रतिक्रिया