शुक्रबार, वैशाख ७, २०८१

नेकपाका सांसद पार्वत गुरुङविरुद्ध पक्राउ पूर्जी

नेपालखोज २०७६ असोज २९ गते १७:३५

२९ असोज, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद पार्वत गुरुङ विरुद्ध पक्राउ पूर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौंले जारी गरेको पक्राउ पूर्जी जिल्ला प्रहरी कार्यालय दोलखाले गुरुङ समक्ष तामेल गरेको छ ।

सांसद गुरुङले पनि आफूले पक्राउ पूर्जी जारी गरेको जानकारी आएको स्वीकार गरेका छन् । २०७४ बैशाखको स्थानीय चुनाव लगत्तै दोलखाका वीरध्वज खड्कामाथि काठमाडौंको गौशालामा आक्रमण भएको थियो ।

खड्काले सां‌सद गुरुङसमेतको संलग्नतामा आफूमाथि आक्रमण भएको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा ज्यान मार्ने उद्योगमा जाहेरी दिएका थिए । तर, सांसद गुरुङले यसलाई राजनीतिक प्रकृतिको मुद्दा भएको जिकिर गरिरहेका छन्।

प्रतिक्रिया