बिहीबार, चैत १५, २०८०

गैर आवासीय नेपाली संघको सम्मेलन, तोडफोड र नाराबाजीमा अड्कियो

नेपालखोज २०७६ असोज ३० गते ७:५५

३० असोज, काठमाडौं । भव्य रुपमा शुरु गरिएको गैर आवासीय नेपाली संघ (एनआरएनए) को नवौ सम्मेलन अन्तत : नाराबाजी र तोडफोडमा गएर अड्किएको छ ।


काठमाडौं होटल ह्यातमा भएको नवौ सम्मेलनमा गैर आवासीय नेपाली संघ (एनआरएनए) मा आवद्ध सदस्यहरुले आफ्नो विगतको हैसियत प्रष्ट पारिदिएका छन् नाराबाजी र तोडफोड गरेर ।
बुधबार गर्ने भनिएको गैर आवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन मेशिन विग्रिएको भन्दै विहीबार १० बजेसम्मका लागि स्थगित गरिएको छ । तर १० बजेपनि निर्वाचन शुरु हुनेमा भने शंका गरिएको छ ।


विदेशमा बसेर चर्का कुरा गर्ने गैर आवासीय नेपाली संघ (एनआरएनए) का सदस्यहरुले नेपालमा आफ्नै स्वतन्त्र संस्थाको अधिवेशनलाई युद्ध मैदान बनादिएपछि सामाजिक सञ्जालमा गैर आवासीय नेपाली संघ (एनआरएनए) को चर्को विरोध भईरहेको देखिन्छ ।


विदेशमा कमाएको पैसाले जे पनि गर्न सकिन्छ भन्ने मानसिकता गैर आवासीय नेपाली संघ (एनआरएनए) सदस्यहरुमा रहेको प्रष्ट देखिन्छ । देश विकास सम्मेलनबाट कुनै पदमा निर्वाचित भएपनि हुन्छ भन्ने भ्रम गैर आवासीय नेपाली संघ (एनआरएनए)का सदस्यहरुले त्यागे पनि हुन्छ ।

कुनै बेला राजनीतिक पूर्वाग्रह नराखि स्वतन्त्र संस्थाका रुपमा सञ्चालन रहेको गैर आवासीय नेपाली संघ (एनआरएनए) अहिले राजनीतिक रंगीत दुनियाँमा मस्त गर्न खोजेकै कारण सम्मेलनमा तोडफोड र नारावाजीमा उत्रनु पर्ने अवस्था आएको छ ।


हुन त नेपाली सञ्चार माध्यमहरुले गैर आवासीय नेपाली संघ (एनआरएनए)को सम्मेलनमा सदस्यहरुले गरेका विकृतिलाई लुकाउने प्रयास गरेका छन् । तर तर गैर आवासीय नेपाली संघ (एनआरएनए) सदस्यहरुले गरेको हर्कत र उनीहरुले देखाएको आफ्नो हैसियत सामाजिक सञ्जालमा छरप्रष्ट भईसकेका छन् ।

देश विकासका लागि सामाजिक कार्य गर्ने पवित्र सोच लिएर स्थापना गरिएको गैर आवासीय नेपाली संघ (एनआरएनए) मा राजनीति प्रवेश गर्नु नै अहिलेको अवस्थामा दूर्भाग्य सावित भएको छ चाहे गैर आवासीय नेपाली संघ (एनआरएनए)का सदस्यहरुले मानुन् या नमानुन् !

प्रतिक्रिया